विद्यालय शिक्षा ऐन जारी गरि शिक्षकहरुका समस्या समाधान गर्न माग गर्दै आन्दोलन गरिरहेका शिक्षकहरु आजबाट शैक्षिक हड्ताल शुरु गर्ने भएका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरु विद्यालयका शैक्षिक क्रियाकलापहरु छाडेर हड्तालमा उत्रिन लागेका हुन् । सरकारको ध्यानाकर्षण गर्न काठमाडौंमा आन्दोलनरत शिक्षकहरुले सिट्ठी जुलुस गरेका थिए ।



शिक्षकहरुलाई स्थानीय तह अन्तर्गत राखेकोप्रति असन्तुष्ट शिक्षकहरुले ऐन संशोधन गरेर सो व्यवस्था हटाउनु पर्ने लगायतका माग राखेर सडक संघर्ष गरिरहेका छन् ।
यता सरकारी पक्ष भने शिक्षकहरुले उठाएका माग पूरा गर्न कानून मात्र नभई संविधान शंसोधन गर्नु पर्ने बताउछन् । सरकारले २०८१ सम्ममा शिक्षकका लागि निवृत्तिभरण व्यवस्था गर्ने शिक्षा , विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई बताउनुहुन्छ ।
यता नेकपा (माके)का अध्यक्ष तथा भूर्तपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको विशेष अधिवेशन बोलाएर भएपनि शिक्षकहरुका समस्या समाधान गर्नु पर्ने बताउनुभएको छ ।





