आजबाट संघीय संसदको बजेट अधिवेशन शुरु हुने

काठमाडौं/ आजबाट संघीय संसदको बजेट अधिवेशन शुरु हुदै छ । नेपाल सरकार , मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजे बस्ने गरी संघीय संसदको बजेट अधिवेशन आह्वान गर्नु भएको छ ।

आज अपरान्ह ४ बजे बस्ने संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त पढेर सुनाउने कार्यसूची रहेको बताइएको छ । त्यसैगरी नेपाल सरकार , मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीद्वारा जारी गरिएका २ वटा अध्यादेश पनि संसदमा पेश गर्ने कार्यसूची रहेको बताइएको छ । त्यसैगरी सभामुखको अनुपस्थितिमा प्रतिनिधि सभाको बैठकको अध्यक्षता गर्ने सांसदहरुको नामावली बैठकमा पेश गर्ने कार्यसूची रहेको संसद सचिवालय स्रोतले जाएको

सभामुख सापकोटाले संसदको यो बजेट अधिवेशनलाई मर्यादित ढंगबाट सञ्चालन गर्न सहयोगका लागि सम्बन्धित राजनीतिक दलहरु र सांसदहरुसँग अनुरोध गर्नु भएको छ तर संघीय संसदको यस अघिको अधिवेशनमा वेल घेराउ र नाराबाजी गरेको नेकपा (एमाले)को भूमिका भने स्पष्ट हुन सकेको छैन ।

Leave a Reply