आजबाट १५ दिनसम्म उम्मेद्वारहरुले औपचारिक रुपमा मत माग्न पाउने

यही फाल्गुण २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका उम्मेद्वारहरुले आजबाट १५ दिनसम्म औपचारिक रुपमा चुनाव प्रचार प्रसार गरि मतदाता समक्ष पुगेर मत माग्न पाउने भएका छन् । निर्वाचन आयोग नेपालका का.बा. प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गएको मध्यरातदेखि यही फाल्गुण १८ मध्यरातसम्म निर्वाचन आचार संहिता पालना गरि उम्मेद्वारहरुले चुनाव प्रचार गर्न पाउने सञ्चारकर्मीहरुलाई बताउनुभयो ।

औपचारिक सभा जुलूस जस्ता कार्यक्रम गर्न नपाएपनि उम्मेद्वारहरु मतदातासँग भेटघाट गरि मत मागिरहेका छन् । केही उम्मेद्वारले निर्वाचन आचार संहिता उलंङ्गन गरेको उजुरी परेपछि सम्बन्धित निर्वाचन कार्यालयले त्यस्ता उम्मेद्वारलाई बोलाएर सचेत गराउने जस्ता कार्य पनि गर्दै आएका छन् ।

यता मतपत्र छपाई लगायतका निर्वाचन तयारीको कार्य अन्तिम अन्तिम चरणमा पुगेको नर्वाचन

राजनीतिक दल तथा उम्मेद्वारहरुका चुनावी घोषणापत्र सार्वजनिक हुने क्रम जारी

प्रतिनिधि सभा निर्वाचनमा भाग लिएका राजनीतिक दल तथा उम्मेद्वारहरुले मतदाता समक्ष मत माग्न आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने क्रम जारी छ । राजनीतिक दलहरुले निर्वाचन आयोग नेपालमा आफ्नो चुनावी घोषणापत्र आइतबारसम्ममा बुझाएको बताइएको छ । नेपाली कम्युनिष्ट पार्टी, प्रल‍‍ोपा लगायतका दलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् भने रास्वपाले करारपत्र नाम दिएको आफ्नो चुनावी घोषणापत्र बुधबार जनकपुरमा सार्वजनिक गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *