आज नेपाल उद्य‍ोग वाणिज्य महासंधको नयाँ कार्य समिति चयन हुदै

आज निजी क्षेत्रको छाता संगठन नेपाल उद्य‍ोग वाणिज्य महासंघको नयाँ कार्य समिति चयन हुदैछ । सो महासंधको कार्य समितिका ४ सदस्य निर्विरोध निर्वाचित भएकाले बाँकी १ बरिष्ठ उपाध्यक्ष , ३ उपाध्यक्ष सहित ५९ सदस्य पदका लागि केहीबेरपछिबाट मतदान शुरु हुदैछ । यो निर्वाचन अपरान्ह ४ बजेसम्म हुने बताइएको छ । उक्त महासंघका बरिष्ठ उपाध्यक्षमा पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ तथा बर्तमान कार्य समितिका बस्तुगत र एसोसियट उपाध्यक्षद्वय अञ्जन श्रेष्ठ र रामचन्द्र सांघाई फरक-फरक प्यानल बनाएर चुनावी मेैदानमा खडा भएका छन् । महासंघको बरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने प्रावधान अनुसार आजबाट अध्यक्ष शेखर ग‍ोल्छाको कार्यकाल सकिन लागेक‍ाले भोलिदेखि बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्व गर्नु हुनेछ ।

भवानी राणा अध्यक्ष रहेको समयमा नेपाल उद्योग वाणिज्य महासंघको विधान संश‍ोधन गरी बहालवाला अध्यक्षको कार्यकाल सकिएसँगै वरिष्ठ उपाध्यक्ष स्व्व: अध्यक्ष बन्ने प्रावधान निर्माण भएसँगै भवानी राणा पछि सोही प्रावधान अनुरुप वरिष्ठ उपाध्यक्ष सो महासंघको अध्यक्ष बन्दै आएका छन् ।

उक्त महासंघको ४ सदस्यमा स्स्थापक सदस्यको तर्फबाट भीष्मप्रसाद न्यौपाने , द्विराष्ट्रिय उद्योग वाणिज्य संघको तर्फबाट सुनिल के.सी., लुम्बिनी प्रदेशको तर्फबाट जम्शेर मिया र सुदूर पश्चिम प्रदेशको तर्फबाट जंगबहादुर मल्ल सर्वसम्मत चयन हुनुभएको छ ।

हिजोदेखि सो महासंघको ५७औं साधारण सभा शुरु भएको छ । यही साधारण सभामा नयाँ कार्य समिति चयनका लागि मतदान शुरु भएको हो ।

Leave a Reply