आज राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचन हुँदै , घिमिरे र पुडासैनी चुनावी मैदानमा

आज दिउँसो १:१५ बजे बस्ने राष्ट्रिय सभाको बैठकबाट सो सभाको उपाध्यक्ष पदको निर्वाचन हुदैछ । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा (एमाले)की सांसद विमला घिमिरे र नेपाली कांग्रेसकी सांसद विष्णुदेवी पुडासैनी उम्मेद्वार हुनुहुन्छ । उपाध्यक्ष पदकी उम्मेद्वार घिमिरेको प्रस्तावकमा सांसद भगवती न्यौपाने र समर्थकमा सांसद ग‍ोपीबहादुर सार्की अछामी हुनुहुन्छ भने उपाध्यक्ष पदकै उम्मेद्वार पुडासैनीको प्रस्तावकमा सांसद दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट हुनुहुन्छ । उपाध्यक्ष पदका उम्मेद्वारका प्रस्तावकले राष्ट्रिय सभाको बैठकमा सोही सभाका अध्यक्षको अनुमतीले आफ्नो उम्मेद्वारलाई निर्वाचित गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् । बैठकल राष्ट्रिय सभाका बहुमत सदस्यहरुको समर्थन प्राप्त उम्मेद्वार राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचित गर्ने बताइएको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरुको साथ रहेकोले नेकपा (एमाले)कि उम्मेद्वार घिमिरे उपाध्यक्ष बन्ने निश्चित जस्तै छ ।

गत फाल्गुण २१ गते नेपाली कांग्रेस सहितको सत्ता गठबन्धन भत्केर नेकपा (एमाले) सहितको नयाँ सत्ता गठबन्धन बनेसँगै उक्त गठबन्धनमा आवद्ध दलहरु बीच राष्ट्रिय सभाको अध्यक्ष नेकपा (माके) र नेकपा (एमाले)ले उपाध्यक्ष पद लिने सहमती अनुरुप नेकपा (माके)को तर्फबाट राष्ट्रिय सभाको उपाध्यक्ष बनेकी उर्मिला अर्यालले सो पदबाट राजिनामा दिएपछि उक्त पद रिक्त भएको हो । राष्ट्रिय सभाको अध्यक्षमा भने यस अघि नै नेकपा (माके)का नारायण दाहाल निर्वाचित भई सक्नुभएको छ ।

Leave a Reply