आज श्रीकृष्ण जन्माष्टमी मनाइदै

आज श्रीकृष्ण जन्माष्टमी मनाइदै छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएकोले धेरै मानिसहरु कृष्ण मन्दिरहरुमा दर्शन गर्न गएकाले कृष्ण मन्दिर लगायतमा भिडभाड भएको देखिएको छ । द्वापर युगमा समाजमा सत्य र सत्कर्म स्थापित गर्न श्रीकृष्णले महत्वपूर्ण योगदान गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ । आज श्रीकृष्णले गरेका कार्यको धेरैले स्मरण गरेको पाइएको छ ।

संखुवासभाको चैनपुर लगायतका बिभिन्न स्थानमा श्रीकृष्ण जन्माष्टमीको दिन कृष्ण लीला लगायत श्रीकृष्णको जीवनसँग सम्बन्धित प्रहशन/ अविनय गर्ने चलन छ । शत्रुको आक्रमणबाट सुरक्षित राख्न विश्वकर्माको सहयोगमा द्वारका निर्माण गराएका र भारत वर्षमा आफ्ना आफ्ना विरोधीहरुलाई नामेट गरेका श्रीकृष्णले महाभारत युद्धमा शक्तिको हिसावरे कौरवको तुलनामा कमजोर मानिएका पाण्डवलाई जिताउन महत्वपूर्ण योगदान गरेको जनविश्वस छ ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना व्यक्त

गर्दै श्रीकृष्णको जीवनबाट सत्यको मार्गमा लाग्न सबैमा प्रेरणा मिलोस् भनी कामना गर्नु भएको छ ।

Leave a Reply