आज संविधान दिवस

नेपालको संविधान,२०७२ जारी भएको आज १० वर्ष पूरा भएको छ । लामो रस्साकस्सीपछि २०८२ असोज ३ गते तत्कालीन राष्ट्रपति डा.रामबरण यादवले दोश्रो संविधान सभामा नेपालको संविधान, २०७२ जारी गर्नुभएको थियो । यो संविधान जारी भएको सम्झनामा आज संविधान दिवस विभिन्न कार्यक्रा गरि मनाइदैछ । राष्ट्रिय दिवस पनि आज मनाइदैछ । संविधान दिवसको उपलक्ष्यमा यस वर्षपनि आज नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ । संविधान दिवसको अवसरमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कील आजै काठमाडौंमा आय‍ोजना हुन लागेको विशेष कार्यक्रमलाई सम्बोधन गर्ने लागेको बताइएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल लगायतले शुभकामना दिनुभएको छ । नेपालको राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री सुशिला कार्कीमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शुभकामना दिदै नेपालको स्थायित्व र सुशासनक‍ो लागि आफ्नो शहय‍ोग रहने बताएको खबर सार्वजनिक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *