सिथिनखा:मा लोकेश्वर साकोसको आय‍ोजनामा कालदह सरसफाई

भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सिथिनखाः को अवसर पारेर आज भक्तपुर नगरको सम्पदाका रुपमा रहेको ऐतिहासिक कालदह (कालिदह) सरसफाई कार्यक्रम सम्पन्न भयो ।

सो संस्थाका अध्यक्ष

राजन जतिले उक्त सरसफाईको औपचारिक कार्यक्रममा बोल्दैे सहकारी संस्थाहरुले समय समयमा समुदाय लक्षित विभिन्न सामाजिक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने खाँचो औंल्याउनुभयो । लोकेश्वर साकोसले पनि समुदायमा आधारित रहि समुदायलाई हित हुने स्वास्थ्य शिविर, महिला लक्षित सीपमूलक तालिम, सांस्कृतिक कार्यक्रम र सम्पदा सरसफाइका कार्यक्रमहरु हरेक बर्ष नियमित रुपमा सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । यसरी समुदायमा आधिर रहेर सञ्चालित सहकारीहरुको हित विपरित नेपाल सरकार र नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन तत्काल संशोधन हुनुपर्ने माग राख्दै उहाँले सरसफाई कार्यक्रम सफल पार्न पाल्नुहुने उक्त संस्थाका सम्पूण सदस्य र टोलबासीहरुमा धन्यवाद व्यक्त गर्नुभयो ।
संस्थाका विभिन्न समिति, उपसमितिका पदाधिकारी, कर्मचारी तथा स्थानिय जनताको उल्लेख्य सहभागी रहेको उक्त सरसफाई कार्यक्रममा सोही संस्थाका कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले पनि विचार व्यक्त गर्नु भएको थियो ।

सिथिनखा:मा गरे नेवार समुदायले पानीको मुहान सरसफाई

सिथिनखा: पर्वको अवसर पारेर काठमाडौं उपत्यकामा आज नेवार समुदायले इनार, पोखरी, धारा आदि पानी‍क‍ो मुहान सफा गरेका छन् : कार्तिकेय कुमारको जन्मदिन पारेर मनाइने यो पर्वमा शुरु हुन लागेको वर्षातमा पानीको मुल सजिलै फुटुोस भनेर हरेक वर्ष नेवार समुदायले पानीको मुहान सफन गर्ने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *