आज नेपालका प्रथम जननिर्वनचित प्रधानमन्त्री तथा जनप्रिय साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ४३औं स्मृति दिवस उनले नेपाली राजनीति र साहित्यमा गरेको योगदानको स्मरण गरी मनाइयो । वि.सं.१९७१ भदौं २४ गते जन्मेर वि.सं.२०३९ साल श्रावण ६ गते अर्बुद (Cancer) रोगसँग लड्दा लड्दै ऊनको निधन भएको थियो । नेपाली राजनीतिमा समाजवादी र नेपाली साहित्यमा अराजकतावादी हुँ भन्ने कोइरालालाई राजनीतिमा वीपी र साहित्यमा विश्वेश्वरप्रसादका नामले चिनन्ने गरिन्छ । बीए र बीएल गरेका कोइरालाले भारतमा भएको अंग्रेज विरोधी आन्दोलनमा भाग लिएका थिए , जसका कारण केही समय उनी जेल परेका र जेलमा रहदा उनको जयप्रकाश नारायणन, राममनोहर लोहिया जस्ता समाजवादी नेताहरुसँग भेट भएको जानकारहरु बताउछन् ।
वि.सं.२००३ मा गठन भएको अखिल नेपाली भारतीय राष्ट्रिय कांग्रेस तथा वि.सं.२००५ मा अखिल नेपाली भारतीय राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेस मिलेर बनेको नेपाली कांग्रेसका संंस्थापक नेता रहेका कोइरालाले राणा शासन विरुद्ध संघर्ष गरेका थिए । सो क्रमाा उनी जेल परेका थिए । वि.सं.२००७ सालको परिवर्तनपछि बनेको मोहन शमशेर जबरा नेतृत्वको राणा, राजा र नेपाली कांग्रेस सम्मिलित सरकारमा उनी गृह मन्त्री बनेका थिए । पछि नेपाली कांग्रेसका सभापति बनेका कोइराला वि.सं.२०१५ सालमा सम्पन्न संसदीय निर्वाचनपछि बनेको नेपाली कांग्रेसको दुई बहुमतको सरकारको नेतृत्व गरेर वि.सं.२०१७ साल पुस १ गतेसम्म १८ महिनासम्म प्रधानमन्त्री बनेका थिए । उनी प्रधानमन्त्री बनेको समयमा नेपालमा बिर्ता उन्मुलन, राणाहरुलको सम्पति राष्ट्रियकरण गर्ने जस्तन कार्य गर्नुकासाथै सगरमाथाको चुचुरोको सहित चीनसँगको सीमा विवाद हल गरेका थिए तर उनकै पालामा भएको नेपाल-भारत गण्डक सम्झौता राष्ट्रघाती भएको भनेर उनीमाथि राष्ट्रघात गरेको आरोप लाग्ने गरेको छ । वि.सं.२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले उनी नेतृत्जको सरकार अपदस्त गरी निरंकुस कदम चालेपछि उनले सहित गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतसँगै ८ वर्ष काठमाडौंको सुन्दरीजल जेलमा जेलजीवन बिताएका थिए । राजाले उनीसहितका सहकर्मीलाई रिहा गरेपछि सहकर्मीसहित उनी भारत प्रवासमा गएका थिए । तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीसँग मत नमिलेर त्यहाँ बस्न असहज बनेपछि राजासँग आफ्नो घाँटी जोडिएको छ भन्दै वि.सं.२०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर सहकर्मीकासाथ उनी नेपाल फर्किएका थिए । स्वदेश आउनासाथ गिरफ्तार भएका थिए उनी । अर्बुद (Cancer) रोगले सताएपछि उपचारमा लागेका कोइरालाको वि.सं.२०३९ साल श्रावण ६ गते निधन भएको थियो । उनका प्रकाश, श्रीहर्ष र संशांक गरि ३ छोरा र एक छोरी मीना छन् ।
वीपीले भित्र्याए नेपाली साहित्यमा मनविज्ञान
हिन्दी भाषामा कविता लेखेर साहित्य श्रृजना शुरु गरेका कोइरालाले चन्द्रवदन नामक कथा लेखेर नेपाली साहित्यमा फ्रायडको मनोविज्ञान भित्र्याएका थिए । आत्मकथा जेल जर्नल र आफ्नो कथा लेखेका उनका ६ वटा उपन्यास र २ वटा कथासंग्रह सहितका लेखरचना प्रकाशित छन् । उनको साहित्य श्रृजनामा एण्टोन चेकवका साहित्यिक कृतिको प्रभाव रहेको कतिपय साहित्य सर्जक बताउछन् ।
राजनीतिमा जुन उचाई उनको छ , नेपाली साहित्यमा पनि उनको उत्तिकै उचाई रहेको सरोकारवालाहरु बताउछन् । उनको यो व्यक्तित्व निर्माणमा पत्नी सुशिलाको पनि महत्वपूर्ण योगदान रहेको देखिन्छ भने उनको राजनीतिक र साहित्यिक यात्रामा लाग्ने प्रेरणा पिता कृष्णप्रसाद र माता दिव्याबाट पाएको कतिपय विद्वानले बताउने गरेक सुनिन्छ । ।





