आज ६७औँ राष्ट्रिय सहकारी दिवस उत्साहपूर्वक मनाइदै

आज ६७औँ राष्ट्रिय सहकारी दिवस देशभर विभिन्न कार्यक्रम गरि उत्साहपूर्वक मनाइदैछ । राष्ट्रिय सहकारी महासंघ लि.,नेपालको अगुवाई मनाइदै गरेको यो दिवसको अवसरमा सहकारी संघ /संस्थाहरुले प्रभातफेरी, साइकल -याली, विचार ग‍‍ोष्ठि, अन्तरसंवाद , रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर, सरसफाई कार्यक्रम लगायतका रचनात्मक कार्यक्रमहरु गरिदैछ ।

वि.सं.२०१३ साल चैत्र २० गते चितवनमा स्थापना भएको बखान ऋण सहकारी संस्था लि.स्थापना भएक‍ो दिनको सम्झनामा हरेक वर्षको चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ । ६७औँ राष्ट्रिय सहकारी दिवसक‍ो नारा सहकारीमा सुशासन : प्रविधि र एकीकरण तय गरिएको छ । यतिबेला सहकारीलाई कसरी मर्यादित सामाजिक व्यवसायको रुपमा अगाडि बढाउने भनेर सहकारी क्षेत्र भित्र बहस भइरहेको छ । सहकारी अभियान भित्र सहकारी ऐन,२०७४ मा गरिएको व्यवस्था अनुरुप सहकारी कर्जा सूचना केन्द्र, कर्जा असुुली न्यायधिकरण , कर्जा सुरक्षण कोष जस्ता प्रावधान अविलम्ब कार्यान्वयन गरि सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गरेर यो क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको दरिलो खम्बा बनाउनु पर्ने आवाज उठिरहेको छ भने भूमि व्यवस्था , सहकारी तथा गरिवी मन्त्री बलराम अधिकारीले सहकारी एकीकरणमा जोड दिनुभएको छ।

Leave a Reply