आन्तरिक कलहले नाउपाले गुमायो सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री

गत फाल्गुण २१ गते नेकपा (एमाले)सहितको नयाँ सत्ता गठबन्धन बनेसँगै सरकारलाई समर्थन गर्ने कि प्रतिपक्षीमा बस्ने भनेर शुरु भएको नागरिक उन्मुक्ति पार्टी भित्रको विवाद चर्किदै जादा आफ्नो हातैमा परिसकेको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पद हातबाट फुत्किएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ च‍ौधरी पक्षका कैलाश चौधरीले नेकपा (एमाले), नेकपा (माके), नाउपाका २ र १ स्वतन्त्रको समर्थनमा र स‍ोही दलका संरक्षक रेशमलाल चौधरी पक्षका लक्ष्मण किशोर चौधरीको नेपाली कांग्रेस, नेकपा (एस) र नाउपाका ५ जनाको समर्थनमा मुख्यमन्त्री पदमा फरक फरक दावी परेपछि सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाले मंगलबार ती दुबै दावी अस्वीकृत गरि मुख्यमन्त्री पदमा दावी पेश गर्न थप दुई दिनको समय दिए । आफ्नो दााबी अस्वीकृत भएपछि लक्ष्मण किशोर चौधरीले प्रदेश प्रमुखको उक्त कदम विरुद्ध अदालत जाने सुर कसे तर नेकपा (एस)ले उनलाई मुख्यमन्त्री बनाउन दिएको समर्थन फिर्ता लिएको थाहा पाएपछि खिस्रिक्क परे । थरुवान प्रदेश हुनु पर्ने लगायतका मुद्धा उठाएर बनेको सो पार्टी आफ्ना मुद्धामा भन्दा सत्ता स्वार्थमा फसेपछि समस्यामा फसेको कतिपयको बुझाई छ । नाउपाको भित्रको झगडा आची गर्नेलाई भन्दा देख्नेलाई लाज भने ज जस्तो भएको कतिपय सरोकारवालाहरु बताउछन् ।

यद्यपि, सत्ता गठबन्धनका नेताहरु बीच पहिलो दुई वर्ष नेकपा (एस)ले र त्यसपछि बाँकी अवधि नाउपाले मुख्यमन्त्री लिने सहमती भएको बताइएको छ ।

Leave a Reply