नागरिकता विवादको विषयमा परेको मुद्धामा सर्वोच्च अदालतले आफ्नो नेपाली नागरिकता रद्ध भएकोले नेपाली नागरिकको हैसियतमा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति , सांसद र उप-प्रधानमन्त्री तथा गृहमन्त्री पद रहन नसक्ने फैसला गरेपछि उप-प्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले पद बहाली गरेको ३२ दिनमै उप-प्रधानमन्त्री तथा गृह मन्त्री पदबाट पदबाट राजिनामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा दिनुभएको जानकारी प्राप्त भएको छ । आज सर्वोच्च अदालतले आज उक्त फैसला गरेको हो । सो फैसलाको बारेमा सञ्चारकर्मीको जिज्ञाशामा लामिछानेले आफू अनागरिक भएको भएकोले यो विषयमा आफ्नो कुनै प्रतिक्रिया नरहेको बताउनुभयो । रास्वपाका प्रवक्ता मुकुल ढकालले भने यो फैसलाको अध्ययन भइरहेको प्रतिक्रिया दिनुभएको छ । आजको फैसला अनुसार लामिछानेले ऐन र नियमावली भित्र पद्धति भित्र बसेर नेपाली नागरिकताको प्रमाण-पत्रको लागि आवेदन दिए नेपाली नागरिकता पाउने कतिपय जानकारहरु बताउछन् ।
आज लामिछानेको नागरिकताको विसयमा सर्वोच्च आदालतका कायममुकायम प्रधानन्यायधीश हरिकृष्ण कार्की तथा न्यायधीशहरु डा. आनन्दमोहन भट्टराई , विश्वम्भरप्रसाद श्रेष्ठ , ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको इजलासले उक्त फैसला गरेको थियो ।








