आफ्नो १५औँ वार्षिकोत्सवमा उपासना महिला साकोसद्वारा मार्था होमलाई रेफ्रिजिरेटर प्रदान

काठमाडौंको सीतापाइलामा केन्द्रीय कार्यालय तथा रामकोट र रानीवनमा निक्षेप संकलन केन्द्रमार्फत आफ्ना शेपर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.ले यही श्रावण ५ गते शुक्रबार बृद्धा बालबालिकाहरुलाई आश्रय प्रदान गरिरहेको ललितपुरको ग‍ोदाबारीमा रहेको मार्था ह‍‍ोमलाई रेफ्रिजिरेटर उपहार स्वरुप प्रदान गरि आफ्न‍‍ो १५औँ वार्षिकोत्सव मनाएको छ । आफ्ना शेयर सदस्यहरु माझ बचत तथा ऋण कारोबारसँगै समय समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत रचनात्मक सामाजिक क्रियाकलापहरु सञ्चालन गर्दै आएको सो संस्थाकी अध्यक्ष अमरावती बलामी महर्जनको नेतृत्वमा उक्त संस्थाको परिवारलाई त्यस अवसरमा स‍ोही बृद्धाश्रममा रहेका बृद्धा आमाहरुले यो संस्थाको थप प्रगतपको कामना गरि आशिर्वाद दिनुभएको थियो ।

त्यसपछि उक्त संस्थाको परिवारले गोदाबारीको दृश्यावलोकन गरेको थिय‍ो ।

स्थानीय समुदायमा आधारित रहेर सहकारीको सिद्धान्त , मूल्य र मान्यतालाई आत्मसाथ गरि सञ्चा्लल भइरहेको यो संस्थाले आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरि समय समयमा विभिन्न विषयका तालिम सञ्चालन लगायतका गतिविधि सञ्चालन गर्द‌ आएको छ ।

उक्त संस्थाको १५ स्थापना दिवसको अवसरमा एक अर्कामा शुभकामना आदान प्रदान गरिएको थियो ।

आर्थिक वर्ष नसकिदै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम रबजेट निर्माण

उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.ले गत असार ३० गते शनिबार काठमाडौंको छाउनीमा कार्यशाला ग‍‍ोष्टी आय‍ोजना गरि त्यहींबाट आर्थिक वर्ष २०८०/०८१ को आफ्नो नीति, कार्यक्रम र बजेट निर्माण कार्य गरेक‍ो बताइएको छ ।

त्यसै सस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको त्यस कार्यशालामा सहकारी प्रशिक्षक राजकुमार श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । सोही संस्थाकी अध्यक्ष महर्जनले चालू आर्थिक वर्ष नसकिदै आगामी आर्थिक वर्षको नीति , कार्यक्रम र बजेट निर्माण कार्यलाई संस्कारको रुपमा अगाडि बढाउने उद्देश्यले यो कार्यशाला ग‍ोष्टी आय‍ोजना गरेको अलगपथलाई बताउनुभयो ।

विद्यार्थीसँग उपासना महिला सहकारी‘‘ विषयक कार्यक्रम सम्पन्न

गत असार १७ गते आइतबार उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा १०१ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आफ्नो कार्यक्षेत्रभित्र सञ्चालनमा रहेका बिद्यालयहरुमा सहकारी तथा वित्तीय शिक्षा प्रदान गर्ने उद्देश्यले “विद्यार्थीसँग उपासना महिला सहकारी‘‘ विषयक कार्यक्रम नागार्जुन नगरपालिका वडा न. ४ मा रहेको पिपल्स एकेडेमी र काठमाडौं महानगरपालिका वडा नं. १५ मा रहेको साइन मोडेल स्कूलमा सम्पन्न भयो ।

उक्त कार्यक्रममा दुवै विद्यालयका गरि ११५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहकारीको परिचय, सहकारीको इतिहास र बचत तथा ऋण सम्बन्धमा विद्यार्थीहरुलाई रमाइलो र बुझ्ने शैलीमा इनोभेटिभ सोलुशनका फाउण्डर तथा प्रशिक्षक राजकुमार श्रेष्ठले प्रशिक्षण दिएर सहजीकरण गर्नु भएको थियो । स‍ोही संस्थाकी उपाध्यक्ष सरिता थापा खड्का , सचिव राखी खनाल , लेखा सुपरीवेक्षण समिति सदस्य शोभा लामा र लघुवित्त संयोजक दुर्गा रेग्मीको प्रत्यक्ष उपस्थितिमा सम्पन्न त्यस कार्यक्रममा इनोभेटिभ सोलुशनका फाउण्डर तथा प्रशिक्षक राजकुमार श्रेष्ठ तथा पिपल्स एकेडेमीका प्रधानाध्यापक एवम् उपासना महिला बचत तथा ऋण संस्था लि.का वरिष्ठ सल्लाहकार रामबाबु सेढाई ,साइन मोडेल स्कुलका प्रधानाध्यापक एवंम् समृद्धिशील बचत तथा ऋण सहकारी संस्था लि.का सचिव राजु मानन्धर ,साइन मोडेल स्कूलकै सहायक प्रधानाध्यापक कमलराज संग्रौला, वरिष्ठ शिक्षक मिना बिष्टको साथ, सहयोग र अथाहा मायाको लागि आभार सहित धन्यवाद ज्ञापन गर्दै त्यसै संस्थाकी अध्यक्ष तथा बहुप्रतिभाशाली व्यक्तित्व अमरावती बलामी महर्जनले यस्तो कार्यक्रम यदी यस संस्थाको कार्य क्षेत्रभित्रका अन्य विद्यालयको पनि माग भएमा फेरि पनि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । उहाँले भविष्यमा सहकारीमा युवा पुस्तालाई पनि समावेश गराउने र संस्थामा पूर्व सहकारी शिक्षा पश्चात मात्र सदस्यता बनाउने उद्देश्य रहेको र अहिलेको परिस्थितिमा समुदायमा आधारित निरन्तर सञ्चालित सहकारीले गरेका राम्रा कामको विषयमा कसैको ध्यान जादैन तर देशभरमा २८ हजार सहकारीमा केही सहकारी संस्थाले बद्माशी गरेका कारण सहकारी क्षेत्र दुर्गन्धित नहुन पनि यस्ता सहकारी शिक्षा तथा सहकारी सम्बन्धित सचेतना क्रियाकलाप संस्थाहरु मार्फत गरिरहनुपर्ने बताउनुभयो │
यस्तै कार्यक्रममा मन्तव्य व्यक्त गर्दै पिपल्स एकेडेमीका प्रधानाध्यापक रामबाबु सेढाईले सानैदेखि बचत गर्ने बानीको विकास गर्दा भविष्यमा वित्तीय रुपमा अनुशासित बन्न सकिन्छ , सानो सानो बचतले भविष्यमा धेरै ठुलो समस्या समाधान हुन सक्छ र व्यवसायी बन्न सक्ने अवस्था बन्न सक्छ भन्दै आफ्नै उदाहरण दिनु भएको थियो । त्यस्तैगरी कार्यक्रममा मन्तब्य व्यक्त गर्दै साइन मोडेल स्कूलका प्रधानाध्यापक राजु मानन्धरले विद्यार्थीहरुलाई पाठ्यक्रममा मात्र सिमित नरही व्यवहारिक शिक्षा दिनुपर्ने र विद्यार्थीहरुका लागि अझै यस्ता थप कार्यक्रम गर्नु पर्ने सुझाव दिनुभयो │
आयोजक संस्थाकी लेखा सुपरीवेक्षण समिति सदस्य शोभा लामाले त्यस संस्थासँग सहकार्य गरेका पिपल्स एकेडेमी र साइन मोडेल स्कुल परिवार, प्रशिक्षक लगायत सबैलाई “सदस्यहरूको सुख दुःखको साथी उपासना महिला सहकारी” भन्दै धन्यबाद दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *