राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फबाट निर्वाचित सांसद इन्दिरा राना मगरलाई प्रतिनिधि सभाको उपसभामुख उम्मेद्वार बनाउने निर्णय गरेको जनाएको छ । आज बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले रानालाई उपसभामुख उम्मेद्वार बनाउने निर्णय गरेको बताइएको छ । सत्ता गठबन्धन दलहरु बीच रास्वपालाई उपसभामुख दिने सहमती भएसँगै सोही पार्टीकी काठमाडौं क्षेत्र नं.२ बाट निर्वाचित सांसद सोविता गौतमलाई प्रतिनिधि सभाको उपसभामुख उम्मेद्वार बनाउने चर्चा चलेको थियो तर अन्तिम समयमा गौतमको सट्टा रानालाई उपसभामुख बनाउने उक्त निर्णय पार्टीले निर्णय जनाइएको छ ।
आज दिउसो १ बजेदेखि ४ बजेसम्ममा प्रतिनिधि सभाको उपसभामुख पदको उम्मेद्वार मनोनयन गर्ने र भोलि दिउसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा मत विभाजन गरी उपसभामुख चयन गर्ने कार्यसूची रहेको छ ।





