संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण र हमासलाई तह लगाउने नाममा इजरायलले निहत्था प्यालेष्टाइनी नागरिकहरुमाथि गरिरहेको नरसंहार विरुद्ध आज १२ वटा दल , संस्था तथा नागरिकले काठमाडौमा जन प्रदर्शन गर्ने भएका छन् ।

नेकपा (माके), नेकपा (एस), नेकपा (मसाल), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी , नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतले दिउँसो १:३० बजे शान्तिवाटिकाकाट प्रदर्शनीमार्गमा जन प्रदर्शन गर्न लागेको नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष रामबहादुर भण्डारीले अलगपथलाई बताउनुभय ।




