इलाम-२, बझाङ -क मा शान्तिपूर्ण रुपमा मतदान हुदै

प्रतिनिधि सभा सदस्य पदका लागि इलाम क्षेत्र नं.२ र सुदूरपश्चिम प्रदेश सभा सदस्य पदका लागि आज बिहान ७ बजेबाट मतदान शुरु भएको छ । अपरान्ह ५ बजेसम्म मतदानका लागि लाइनमा बसेका मतदाताहरुले मतदान गर्न पाउने छन् । मतदान शान्तिपूर्ण रुपमा भइरहेको निर्वाचन आय‍‍ोग, नेपालले जनाएको छ ।

राजनीतिक दलका १२ र ७ स्वतन्त्र गरि १९ जना उम्मेद्वार चुनावी मैदानमा रहेको इलाम-२ मा ७९ मतदानस्थलका १४९ मतदान केन्द्रबाट १,१५,८८९ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न सक्ने छन् । निर्वाचनका लागि इलाम -२ मा ३ हजार सुरक्षाकर्मी र ७४५ जना शिक्षक र कर्मचारी खटिएका छन् ।

यसैगरी राजनीतिक दलहरुका ११ जना उम्मेद्वार रहेको बझाङ-क मा ७४ मतदानस्थलका ९३ मतदानकेन्द्रकाट ६१,७४८ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न सक्नेछन् । बझाङ-क मा १,२०० सुरक्षाकर्मी र ६५१ जना शिक्षक र कर्मचारी निर्वाचनका लागि खटिएका छन् ।

बिघटित संविधान सभा सदस्य तथा पूर्व मन्त्री समेत रहेका नेकपा (एमाले)का इलाम क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य सुबाषचन्द्र नेम्वाङको गत भदौ २६ गते राती हृदयघातबाट र सुदूरपश्तिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका नेपाली कांग्रेसका बझाङ-क क्षेत्रका नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको परिवारका सदस्य सहित गत असार २५ गते दिउँसो सवारी दुर्घटनामा परी निधन भएको थियो ।

Leave a Reply