इलाम-२ र बझाङ-क मा उप-निर्वाचनका लागि आज उम्मेद्वारी मन‍ोनयन हुदै

आउदो कैशाख १५ गते हुन लागेको रिक्त इलाम क्षेत्र नं.२ को प्रतिनिधि सभा सदस्य र बझाङको क क्षेत्रको सुदूरपश्चिम प्रदेश सभा सदस्य पदको उप- निर्वाचनका लागि आज विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेद्वारी मन‍ोनयन हुने कार्यक्रम रहेको निर्वाचन आय‍‍‍ोग, नेपालले जनाएको छ । उम्मेद्वारी दर्ता गर्ने समय सकिएपछि आजै साझ उम्मेद्वारको नामावली प्रकाशन गर्ने बताइएको छ । भोलि विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेद्वार विरुद्ध उजुरी दिन सक्ने , भ‍ोलि अपरान्ह ३ बजेदेखि चैत्र २६ गते अपरान्ह ५ बजेसम्म उम्मेद्वार विरुद्धको उजुरी उपर छानविन गर्ने , चैत्र २७ गते विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म इच्छुक उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिन सक्ने र सोही दिन ३ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरि त्यसै दिन अपरान्ह ५ बजे उम्मेद्वारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोग,नेपालक‍ो भनाइ छ । यस अघि त्यहाँ निर्वाचन आय‍ोग, नेपालले निर्वाचन कार्यालय स्थापना गरि प्रमुख निर्वाचन अधिकृत नियुक्त गर्नुकासाथै मतदाता नामावली प्रकाशन गरेको थियो । जस अनुसार इलाम क्षेत्र नं २ मा ४२२ जना नयाँ मतदाता थपिदा मतदान गर्ने मतदाता संख्या १,१५,८८९ जना र बझाङ क मा ६३८ जना नयाँ मतदाता थपिदा मतदान गर्ने मतदाताको संख्या ६१,७४८ पुगेको जनाइएको छ ।

इलाम क्षेत्र नं.२ का सांसद तथा बिघटित संविधान सभाका अध्यक्ष एवं नेकपा(एमाले)का उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङ र बझाङ क का सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा सोही प्रदेशका तत्कालीन आन्तरिक मामिला मन्त्री एवं नेपाली कांग्रेसकन नेता पृथ्वीबहादुर सिंहको निधनका कारण रिक्त रहेको ती क्षेत्रमा आगामी बैशाख २५ गते उप-निर्वाचन हन लागेको हो ।

इलाम-२ मा नेम्वाङका पुत्र नेकपा (एमाले) र बझाङ-क मा सिंहका पुत्र नेपाली कांग्रेसका उम्मेद्वार

नेकपा (एमाले)ले इलाम क्षेत्र नं.२ मा दिवंंगत सांसद सुवाषचन्द्र नेम्वाङका पुुत्र सुवाङ नेम्वाङ र नेपाली कांग्रेसले बझाङ क मा दिवंगत सुदूरपश्तिम प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहका पुत्र अभिशेख सिंहलाई उम्मेद्वार बनाएको छ ।

यसैगरि इलाम क्षेत्र नं.२ मा नेपाली कांग्रेसले डम्बर खड्कालाई नै पुन: उम्मेद्वार बनाएको छ । २०७९ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा दिवंगत नेम्वाङसँग खड्का ११४ मतले पराजित हुनुभएको थियो । सो क्षेत्रमा रास्वपाले पत्रकार मिलन लिम्बू, राप्रपाले लक्ष्मी गुरुङ, नेकपा (एस)ले जीतबहादुर राई , जनमत पार्टीले प्रेमदीप थाम्सुहाङ , राप्रपा नेपालले उमेश चौहान र पहिचान पक्षधरले डेकिन्द्रसिंह थेगिमलाई उम्मेद्वार बनाउने घ‍ोषणा गरेका छन् भने उहाँलाई नेसपा सहितले समर्थन गरेका छन् । नेकपा (माके)ले भने इलाम क्षेत्र नं.२ मा नेकपा (एमाले)का उम्मेद्वार सुवाङ नेेम्वावाङलाई सघाउने भएको छ ।

उता बझाङ क को सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि नेकपा (एमाले)का दमन भण्डारी सहित ५ जनाको उम्मेद्वारको टुङ्गो लाागेको बताइएको छ ।

Leave a Reply