ईपीएस कोरिया शाखाद्वारा म्यानुफ्याक्चरिङ सेक्टरको परीक्षाको आवेदन दिने समय शुक्रबारसम्म थप.

सीप बिल्डिङ परीक्षामा सहभागी भएका परीक्षार्थीले म्यानुफ्याक्चरिङ सेकटरको परीक्षामा सहभागी हुन आवेदन फारम भर्ने समय आउने शुक्रबारसम्म थप गरेको ई.पी.एस. कोरिया शाखाले जनाएको छ । यस अघि आजसम्म मात्रै सो परीक्षाका लागि आवेदन फारम भर्ने समय निर्धारण गरेको बताइएपनि गत शुक्रबार ललितपुरको बालकुमारीमा २ जना युवाको ज्यान जाने गरी भएको घटनाका कारण यसका लागि २ दिनको समय थप गरिएको बताइएको छ ।

सरकारद्वारा बालकुमारी घटनामा माारिएका दुई युवालाई शहीद घोषणा

नेपाल सरकारले गत शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरी दमनमा मारिएका दैलेखका सुजन रावल र अछामका वीरेन्द्र शाहलाई शहीद घोषणा गरी उनीहरुको परिवारका १/१ जनालाई रोजगारी प्रदान गर्ने निर्णय गरेको जनाइएको छ ।

सीप विल्डिङ परीक्षामा सहभागी भएकाहरुले म्यानुफ्याक्चरिङ सेक्टरको परीक्षामा पनि सहभागी हुन पाउनु पर्ने माग गरी संघर्ष गर्ने क्रममा सुरक्षाकर्मीको दमनमा परी मारिएका रावल र शाहको न्यायको लागि भन्दै संघर्षमा उत्रिएको संघर्ष समिति र सरकारी प्रतिनिधि बीच भएको ५ बुँदे सहमति

अनुसार उनीहरुलाई नेपाल सरकारले शहीद घोषणा गरेको बताइएको छ । उक्त सहमती भएसँगै दिवंगत शाह र रावलको शव परिवारले बुझेर अन्त्येष्टिका लागि आ-आफ्नो गाउँ लगेको जनाइएको छ ।

अघि नेपाल सरकारले दिवंगत रनवल र शाहको परिवारलाई रु.१०/१० लाख राहत प्रदान गर्ने निर्णय गरेको थियो भने कर्णाली प्रदेश सरकारले दैलेखका दिवंगत सुजन रावलको परिवारलाई रु.२ लाख सहयोग प्रदान गर्ने निर्णय गरेको जनाइएको छ ।

सो घटनाको नेपाली कांग्रेस, नेकपा (एमाले), ऋषि कट्टेल नेतृत्वको नेपाफ कम्युनिष्ट पार्टी, नेकपा (माले) लगायतका दल तथा संघ/संगठनले विरोध गर्दै दोषी उपर कारबाही गरी मृतकलाई न्याय प्रदान गर्न माग गरेका थिए ।

यो घटनाको छानविनका लागि सरकारले छानविन समिति बनाएको थियो भने संसदीय समितिले भौतिक पूर्बाधार तथा यातायता व्यवस्था मन्त्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको सम्लग्ना रहेको बारे छानविन गर्ने निर्णय गरेको बताइएको थियो । यसैगरी उक्त घटनामा दोषी रहेको भन्दै गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा नेपाल प्रहरीका सो जिल्लाका प्रमुख तथा भौतिक पूर्काधार तथा यातायात व्यवस्था मन्त्री ज्वालाका पी.सी.ओ.लाई जिम्मेवारीबाट हटाएको थियो भने ई.पी.एस. कोरिया शाखाको सुरक्षाको लागि खटिएका नेपाल प्रहरीका नायव उपरीक्षकलाई गोली चलाउन आदेश दिएको भन्दै निलम्वन गरेको बताइएक‍ थियो ।

असन्तुष्ट युवाहरुको संघर्षको बेला त्यहाँ भौतिक पूर्बाधार तथा यातायात व्यवस्था मन्त्री ज्वालाको उपस्थितिले घटनाले नयाँ मोड लिएको भन्दै उहाँको विरोध भएको छ । सो घटनामा मन्त्री ज्वाला र उहाँका पी.एस.ओ. गाडीका चालकलाई गाडीबाट ओरालेर आन्दोलनकारीले सो गाडीमा आग‍ो लगाएका थिए । स‍ोही दिन पाटन उच्च अदालतले ई.पी.एस. कोरिया शाखाको विधाको परीक्षामा इच्छुकलाई सहभागी हुन दिन अन्तरिम आदेश दिएको थियो ।

रावल र शाहको परिवारलाई भरणपोषणको व्यवस्था गर : कट्टेल

यता नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋथि कट्टेलले सो घटनाप्रति दु:ख व्यक्त र सरकारको भत्सर्ना गर्दै दिवंगत रावल र शाहको परिवारलाई भरणपोषणको व्यवस्था गर्न माग गर्नुु भएको छ ।

Leave a Reply