काठमाडौंको नागार्जुन नगरपालिका ४, सितापाइलामा केन्द्रीय कार्यालय रहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा उपासना सम्मान-२०८१/०८२ तथा बृहत आाँखा शिविर २०८२ मंसीर १८ गते बिहीबार सितापाइलास्थित अनुपम इभेण्ट्समा सम्पन्न भयो ।

जिल्ला सहकारी संघ लि.,काठमाडौंकी बरिष्ठ उपाध्यक्ष समेत रहेकी सोही संस्थाकी अध्यक्ष अमरावती बलामी महर्जनको अध्यक्षता एवं बागमती प्रदेश, सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । दीप प्रज्वलन गरि उक्त कार्यक्रमको उद्घाटन गरेकी मन्त्री रायमाझीले ‘बागमती प्रदेश सरकार सहकारी क्षेत्रमा देखापरेका समस्या समाधान गर्दै सहकारीको विकासका लागि काम गरिरहेको छ’, भन्नुभयो । बागमती प्रदेशको नियमन क्षेत्रभित्र ५ वटा सहकारी संस्था समस्याग्रस्त भएको जानकारी दिदै मन्त्री रायमाझीले सहकारी पीडितहरु सरकारीबाट आफ्नो बचत फिर्ताका लागि संघर्षको क्रममा १,००० रुपैया र सो भन्दा पनि बढी पैसा तिर्नु पर्दा थप पीडित हुनुपरेको देखिएको भन्दै दु:ख व्यक्त गर्नुभयो । उपासना महिला साकोसको सबै प्रोफाइल र वित्तीय अवस्था चेक गर्दा राम्रो देखेपछि मात्रै आफू यो कार्यक्रममा आएको बताउदै उहाँले उपसना महिला साकोसको थप प्रगतिको कामना गर्नुभयो ।
उक्त कार्यक्रमको अध्यक्षता गर्नु भएकी त्यसै संस्थाकी अध्यक्ष महर्जनले शेयर सदस्यहरु ज्यूहरुको योगदानका कारण हाम्रो यस उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.ले सहकारी क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको बताउनुभयो । हाम्रो यो संस्था सफलताका साथ अगाडि बढ्नुमा सस्थाका बचतकर्ता सदस्यहरु, ऋण लिएर समयमै ऋण तिर्ने सदस्यहरु र कमर्चारीहरुको महत्वपूर्ण योगदान रहेको भन्दै उहाँले सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै काठमाडौं महानगरपालिकाकी सदस्य तथा वडा नं.१५ कि जनप्रतिनिधि मैयालक्ष्मी महर्जनले उपासना महिला साकोसले गरिरहेको प्रगति र आफना शेयर सदस्यहरुलाई प्रवाह गरिरहेको वित्तीय सेवाको प्रशंसा गर्दै १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानबारे चर्चा गर्नुभयो । उहाँले महिला दिदीबहिनीहरु बाहिरमात्रै नभई घरमा पनि लैङ्गिक हिंसाको सिकार हुने गरेको बताउनुभयो । उहाँले “साइक्लिङ गरौं, स्वस्थ रहौं र वातावरण जोगाऔं” भन्ने नाराका साथ आफूले महिला दिदी बहिनीहरु साइक्लिङ गर्न उत्प्रेरित हुन् भन्ने उद्देश्यले ५०० जना जति महिलन दिदी बहिनीलाई साईक्लिङ गर्न सिकाइरहेको जानकारी दिनुभयो ।।
यसैगरी नागार्जुन नगरपालिका सहकारी समन्वय समिति संयोजक केशव थापाले धेरै सहकारी संघ संस्थाहरु काठमाडौं उपत्यका र आसपासका जिल्लाहरु छन् तर उनीहरुलाई हैटौंडा जानै पर्ने बाध्यता भएकोले काठमाडौं उपत्यकामा बागमती प्रदेश, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आफ्नो सहकाारी सम्पर्क कार्यालय स्थापना गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले राज्यले समस्याग्रस्त सहकारी संस्थाहरुका सञ्चालकहरु लगायतको सम्पत्ति जफत गरि त्यसलाई सरकारी रेटमा भ्यालुएसन गरि त्यसबाट सहकारी पीडितको बचत फिर्ता गर्नु पर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघ लि.,काठमाडौंकी उपाध्यक्ष विष्णुकुमारी चौलागाईँले ‘पछिल्ला केही वर्षयता आफू यस उपासना महिला साकोसमा आउने गरेको र यो संस्था राम्रोसँग सञ्चालन भएकोले यो संस्था र म आफू सम्लग्न जयकाली बचत तथा ऋण सहकारी संस्था लि.बीच सहकार्य भइरहेको छ’, भन्नुभयो । उहाँले उपासना महिला साकोसका उद्यमी सदस्यहरुले उत्पादन गरेका बस्तु जयकाली बचत तथा ऋण सहकारी संस्था लि.ले विक्री गरिदिने बताउनुभयो ।
रेडियो मार्फत सहकारी प्रवर्द्धनमूलक कार्य गरिरहनुभएका रेडियो सञ्चारकर्मी कृष्णचन्द्र बस्नेतले देशभरका ५ प्रतिशत सहकारी समस्यामा भएपनि बाँकी राम्रा ९५ प्रतिशत सहकारीलाई पनि तिनै ५ प्रतिशतभित्रै मिसाएर प्रचार गरिएको बताउनुभयो । उहाँले सरकारले सबै किसिमका सहकारीको दर्ता बन्द गरि सहकारी संघ संस्थाहरुलाई मर्ज गरेर सञ्चालन गर्नु पर्ने खाँचो औंल्याउनुभयो ।
त्यसैगरी देवान सफ्ट प्रा.लि.का प्रतिनिधि विष्णु महर्जनले उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.ले सहकारीको पैसा बैंकमा र बैंकको पैसा सहकारी ट्रान्सफर गर्न मिल्ने गरी मोवाइल बैंकिङ सेवा सञ्चालनमा ल्याएकोले यस संस्थाका सदस्यहरुले घरैमा बसेर यो मोबाइल बैंकिङ सेवा मार्फत बिजुली, इणेटरनेट, खानेपानी आदिको विल भुक्तानी गर्न सक्ने बताउनुभयो । उहाले चाडै नै यो संस्थाले व्यवसायिक क्युआर कोड सञ्चालन लयनउन लागेको बताउनुभयो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उपासनन महिला बचत तथा ऋण सहकारी संस्था लि.को वित्तीय कारोबार अडिट गरेका ई.एस. सिग्देल एण्ड एसोसिएट्सका सीए एकराज सिग्देलले आफूले यस संस्थाको वित्तीय कारोबारको अडिट गर्दा यो संस्था राम्रोसँग चलेको देखेको र यसमा ऋण लगानी गर्न सक्ने पर्याप्त पूँजी रहेकोले शेयर सदस्यहरुलाई ढुक्क भएर यस संस्थामा कारोबार गर्न आग्रह गर्नुभयो । यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई उद्यमी बनाउन सहयोग पुग्ने गरि कार्य गरिरहेको आफूले पाएको कताउद उहाँले यस संस्थाले आफ्ना शेयर सदस्यहरुको निक्षेप सुरक्षित गर्न बीमा कार्यक्रममा संस्थालाई जोड्नु पर्ने खाँचो औंल्याउनुभयो ।

सोही संस्थाकी सचिव मैयाँ चापागाईँले स्वागत मन्तव्य र तालिम तथा शिक्षा उपसमिति संयोजक यलिना उप्रेतीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा मिडिया इण्टरनेशनल प्रा.लि.अनामनगर काठमाडौंका अध्यक्ष माधव निर्दोष, नागार्जुन हाइकर्सका अध्यक्ष रामकुमार पुरी राष्ट्रिय सहकारी बैंक लि. कलकीं शाखाका प्रतिनिधि रुपक विष्ट, ,सामुदायिक हस्पिटल प्रा.लि. डल्लु आवास स्वयम्भूका प्रतिनिधि प्रकाश महर्जनले शुभकामना मन्तव्य व्यक्त गर्दै उपासना महिला बचत तथा ऋण सहकारी संस्थाले प्रवाह गरिरहेको वित्तीय सेवाको प्रशंसा गर्नुभयो ।

अलगपथ डट कमका पत्रकार अर्जुन कार्की सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको त्यस कार्यक्रममा समाजमा सकारात्मक उर्जा प्रवाह हुने गरी स्वतर्फूरत कार्य गरिरहनुभएका योगगुरु श्री सुवेदी, लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सञ्चालन गरिरहनुभएकी मैंयालक्ष्मी महर्जन, समाज परिवर्तनका लागि सकारात्मक कार्य गरिहनुभएकी अभियन्ता रमिला श्रेष्ठ शाक्य, रेडियो मार्फत सहकारीको प्रवर्द्धनमूलक कार्य गरिरहेका रेडियो सञ्चारकर्मी कृष्णचन्द्र बस्नेत, नागार्जुनमा हाइकिङ मार्फत पर्यटन प्रवर्द्धनमूलक कार्य गरिरहेका नागार्जुन हाइकर्सका अध्यक्ष रामकुमार पुरी र मिडियामार्फत आर्थिक क्षेत्रको प्रवर्द्धनमा योगदान गरिरहेका मिडिया इण्टरनेशनल प्रा.लि. अनामनगर काठमाडौंका अध्यक्ष माधव निर्दोषलाई सम्मान गर्नुका साथै मनमोहन मेमोरियल हस्पिटल र सामुदायिक सेवा परिषदलाई कदर-पत्र प्रदान गरि सम्मान गरियो ।
यसैगरी उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.मा विगत १७ वर्षदेखि नियमित बचत गरिरहेका शेयर सदस्य चन्द्रकुमार प्रधानलाई उत्कृष्ट नियमित बचतकर्ता पुरस्कार, शेयर सदस्य परकुमारी लिम्बूलाई उत्कृष्ट कर्जा पुरस्कार , शेयर सदस्य सीता महर्जनलाई उत्कृष्ट शेयर सदस्य पुरस्कार र कर्मचारी गंगा पुतुवारलाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरि सम्मान गरियो भने २०८२ सालको कक्षा १२ (+२) उत्कृष्ट जीपीएका साथ उत्तीर्ण हुनुभएका त्यस संस्थाका २ जना शेयर सदस्य तथा शेयर सदस्यहरुका ४ जना छोराछोरीलाई उपासना विद्यार्थी सम्मानबाट सम्मानित गरियो ।
त्यस अवसरमा कार्यक्रमकी अध्यक्ष महर्जनले प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नुभयो ।

यता सोही कार्यक्रम स्थलमा उसासना महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा आर भिजन आई केयर सेण्टरको प्राविधिक सहयोगमा नि:शुल्क बृहत् आँखा शिविर सम्पन्न भयो । सो शिविरमा उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि..का शेयर सदस्यहरु लगायतको नि:शुल्क आँखा जाँच गरियो । त्यस अवसरमन आर भिजन आई केयर सेण्टरले उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.का शेयर सदस्यहरुको जुनसुकै बेलामा पनि नि:शुल्क आँखा जाँच गर्ने र चश्मा बनाउदा २५ प्रतिशत छुटमा सुविधामा प्रदान गर्ने प्रतिबद्दता गरेको छ ।
उपासना महिला साकोसको १६औं वार्षिक साधारण सभा सम्पन्न
उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.को १६औं वार्षिक साधारण सभा आफ्ना शेयर सदस्यहरु बीच छलफल गरि २०८२ मंसीर १८ गते बिहीबार विहान अनुपम इभेण्ट्स, सितापाइला काठमाडौंमा सम्पन्न भयो । अतिथि विना नै संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र उप-समितिका पदाधिकारी तथा सदस्यहरु, शेयर सदस्यहर र कर्मचारीहरुको उपस्थितिमा सम्पन्न साधारण सभामा सञ्चालक समितिको तर्फबाट त्यसै संस्थाकी अध्यक्ष महर्जनले संस्थाको आ.व.२०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक शोभा लामाले संस्थाको लेखा सुपरीवेक्षण समितिको आ.व.२०८१/०८२ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको र शेयर सदस्यहरु छलफल भई साधारण सभाबाट ती प्रतिवेदन पारित भएको उक्त संस्थाले जनाएको छ ।






