एमालेको उपाध्यक्षमा गुरु बराल मनोनित, य‍ोगेश र गोकर्ण प्रदेश इञ्चार्जको जिम्मेवारीबाट मुक्त

नेकपा (एमाले)ले बागमती प्रदेशका इञ्चार्ज गुरु बराललाई उपाध्यक्षको जिम्मेवारी दिएको छ । बसेरा होटलमा आज बसेको सो पार्टीको सचिवालयको बैठकले सुवाषचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको उपाध्यक्ष पदमा मनोनयन गरेको जनाइएको छ । बैठकले नेकपा(एस) परित्याग गरि सो पार्टीमा प्रवेश गरेका मुकुन्द न्यौपाने र पोलिटब्युरो सदस्य लीलानाथ श्रेष्ठलाई स्थायी समितिमा तथा सचिव रघुवीर महासेठलाई कोशी प्रदेशको इञ्चार्जबाट हटाएर विदेश विभाग प्रमुख जिम्मा दिएको तर मधेश प्रदेश इञ्चार्ज रहेका सचिव योगेश भट्टराई र गण्डकी प्रदेशका इञ्चार्ज रहेका सचिव गोकर्ण विष्टलाई प्रदेश इञ्चार्जबाट हटाइएको छ तर सचिवद्वय भट्टराई र विष्टलाई थप जिम्मा भने दिइएको छैैन । बैठकले सचिव पद्मा अर्याललाई लुम्बिनी प्रदेशकै र सचिव लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मा दिएको छ भने बाँकी ५ वटा प्रदेशको इञ्चार्जको जिम्मा सम्बन्धित प्रदेशमा स्थायी ठेगाना भएका स्थायी समिति सदस्यहरुलाई जिम्मा दिएको छ , जसअनुसार कोशी प्रदेश इञ्चार्जमा शेरधन राई, मधेश प्रदेशको इञ्चार्जमा लीलानाथ श्रेष्ठ ,बागमती प्रदेशको इञ्चार्जमा राजन भट्टराई, गण्डकी प्रदेश इञ्चार्जमा किरण गुरुङ र कर्णाली प्रदेशको इञ्चार्जमा गोरख बोगटीलाई जिम्मा दिएको छ ।

यसैगरी बैठकले कृष्णभक्त श्रेष्ठ, सुवाष कर्माचार्य , महेश बर्तौला , रामप्रित राम, जितेन्द्र देव, कुन्दन कुसहवा , मनमोहन पौडेल, भरदेव जोशी, केदार सिग्देल, हरि उप्रेती, इन्द्र भण्डारी, गोविन्द पुन, कमलकृष्ण तिमिल्सिना , मञ्जु शर्मा चालिसे, प्रभा बराल , आशा जबेगु र सरिता भुसाललाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरेको छ । यस्तै बैठकले झवि पोखरेल, रत्ना गुरुङ, अमनसिंह तामाङ, कमला के.सी. र नर्मदा भण्डारीलाई निर्वाचन आयोगमा , मायानाथ अधिकारीलाई अनुशासन आयोगको सदस्यमा र डा..गोपाल खनाल, पी.एल. श्रेष्ठ, हरि रिजाल, महेन्द्र थापा, शान्तकुमार ओली , शिवचन्द्र कुसहवा, कुलानन्द गिरी, श्याम ढकाल, रामप्रित पासवान, एकवाल मिया , प्रेमबहादुर सिंह, हरि रिजाल, खालित हुसेन हक, सानू श्रेष्ठ, कृष्णप्रसाद दाहाल, प्रदीप भण्डारी, सिर्जना शर्मा, विनु ढकाल, नारायण मरासिनी, अर्जुनबहादुर थापा, मेघनाथ सुवेदी , जनक पौडेल, नन्दलाल रोकाया, धनेन्द्र घिमिरे , नारायण मलासी , सर्वध्वज सावा लिम्बू, कविन्द्र शेखर रिमाल, हरि पोखरेल, विना ज्ञवाली,, सुवाषचन्द्र ठकुरी , सरस्वती बाटी, लक्ष्मीप्रसाद जोशी, गणेश सिंह धामी, रामहरि सुवेदी र नन्दकेशर ढकाललाई सल्लाहकार परिषदमा मनोनयन गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *