एमाले निकट अखिलको अध्यक्षमा डा. सुजन कडरिया विजयी, ७ मतान्तरले प्रकाश पौडेल पराजित

नेकपा (एमाले) निकट अनेरास्ववियुको अध्यक्षमा प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतान्तरले पराजित गरि डा.सुजन कडेरिया विजयी भएका छन् । अध्यक्षमा विजयी कडरियाले ७३२ मत पाउदा अध्यक्षका अर्का प्रतिस्पर्धी पौडेलले ७२५ मत प्राप्त गरेको बताइएको छ । अनेरास्ववियुको इतिहासमा मेडिकल डाक्टर पढेको विद्यार्थी नेता पहिलो पटक अध्यक्ष बनेका हुन् । यही जेठ २५ गतेबाट काठमाडौंमा शुरु भएको सो संगठनको २४औं राष्ट्रिय महाधिवेशन डा.कडरियाको अध्यक्षतामा केन्द्रीय कमिटी तथा आय‍ोगहरु निर्वाचित गरि बिहीबार सकिएको छ । यो महाधिबेशनको नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु् भएको थियो । यो महाधिवेशनबाट सर्वसम्मतीका साथ नयाँ नेतृत्व चयन गर्न कोसिस गरिएको थियो । अध्यक्ष मण्डलले डा.सुजन कडरियालाई अध्यक्ष, प्रकाश पौडेललाई उपाध्यक्षमा समावेश गरि पदाधिकारी, केन्द्रीय सचिवालय , केन्द्रीय कमिटी तथा आय‍ोगहरु लगायतमा रहनेको नाम बन्दशत्र हलमा प्रस्तुत गरेको थियो तर त्यसलाई अस्वीकार गरि पौडेल पक्षले नाराबाजी ग-यो । जसले निर्वाचन हुने अवस्था बनेको थियो । निर्वाचनमा डा.कडरिया र पौडेल छुट्टाछुट्टै प्यानल बनाएर खडा भएका थिए । बिहीबार त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा मतदान भएको थियो । उपमहासचिव बाहेक अरु पदाधिकारीमा डा.कडरिया प्यानलबाट विजयी भएको जनाइएको छ । सो संगठनमा ३२ वर्षको उमेर हद कायम छ ।

सो संगठनको नवनिर्वाचित केन्द्रीय कमिटीक‍ा उपाध्यक्ष खुलामा ई. विकास श्रेष्ठ, उपाध्यक्ष महिलामा अञ्जना सिवाकोटी , महासचिवमा दीपक धामी ,उपमहासचिवमा कमल जोशी , सचिवमा आकाश घर्ती मगर, ई.रचना सापकोटा, समिम बाबु खान र अधिवक्ता गोपाल नेपाल निर्वाचित भए । यस्तै सचिवालय सदस्यमा कोशी प्रदेशबाट खुला प्रविण कार्की र रोशन लामा तथा महिला पुष्पा मगर, मधेश प्रदेशबाट खुला दिवस सापकोटा तथा महिला कायरा पोख्रेल (रेणु), बागमती प्रदेशबाट खुला नवीन्द चालिसे र भुवन मैनाली तथा महिला सरस्वती थापा खड्का , उपत्यका विशेषबाट खुला सुनिल थापा तथा महिला सुनिता घिमिरे , गण्डकी प्रदेशबाट खुला ई किश‍ोर चन्द्र सुबेदी र विनय पराजुली तथा महिला कृति भट्टराई, लुम्बिनी प्रदेश खुला आर्जन रिजाल र सागर न्यौपाने तथा महिला सिमा घिमिरे , कर्णाली प्रदेशबाट खुला विराज भण्डारी तथा महिला प्रतिमा खड्का क्षेत्री, सुदूरपश्चिम प्रदेशबाट खुला किशोर शाह र ई. रोशनबहादुर साउद तथा महिला कल्पना तिमिल्सिना , विश्वविद्यालय राष्ट्रिय कमिटीबाट खुला ई.विशाल आचार्य र विशाल खड्का तथा महिला विहानी पंगेनी (निर्विरोध निर्वाचित), सम्पर्क कमिटी, केन्द्रीय विभागहरु तथा सांस्कृतिक राष्ट्रि्य कमिटीबाट खुला अधिवक्ता कविराज घिमिरे तथा महिला सुष्मा शाही , समावेशीतर्फबाट जनजाती खुला लोकेेन्द्र राना मगर , जनजाती महिला सौरभी सुनुवार, दलित खुला विष्णु वि.क. , मधेशी/थारु खुला कमल राना थारु, मुस्लिम/अल्पसंख्यक/अपाङ्ग खुला फुर्वा छिरिङ शेर्पा , पिछडिएको क्षेत्र खुला छक्क लामा (सि.के.), दलित/मधेशी/थारु मुस्लिम/अल्पसंख्यक /पिछडिएको वर्ग महिलाबाट भुमिका कुमारी कुँवर(निर्विरोध निर्वाचित) , खुलातर्फ पुरुष रुद्रहरि पोख्रेल, ई.नितेश लामिछाने अक्कलबहादुर सिजापती , डा.पुष्पराज भाम र अधिवक्ता समिर रिजाल तथा महिला सृजा ढकाल र सुकृति सुबेदी निर्वाचित भएका छन् ।

यसैगरी केन्द्रीय कमिटी सदस्यमा कोशीबाट खुला चित्रमान राई, रिजेन भट्टराई, निशान राई, सिंहबहादुर राई , अर्जुन नेम्वाङ्ग, सन्त‍ोष धमला , विष्णु उपरकोटी र विनोद दुलाल तथा महिला प्रीति दाहाल, इन्दिरा खतिवडा,मुना चापागाईँ र लक्ष्मी सुबेदी, मधेश प्रदेशबाट खुला आशिफ अहमद, पुरुषोत्तमकुमार चौधरी , आशिषकुमार दाहाल, सम्राट खनाल (सरोज) , करण देवकोटा (टाई) र दीपककुमार यादव (टाई) तथा महिला मनिषा चौधरी र स्मृृति श्रेष्ठ, बागमती प्रदेश खुला पुष्कर भट्टराई , रविन तामाङ, श्याम लामा (श्यामकुमार तामाङ) , प्रशान्त लुंगेली, प्रशान्त सुवेदी, देवीप्रसाद सापकोटा र ई.सुदिन अधिकारी तथा महिला अस्मिता रेग्मी, निर्जला प‍ोखरेल र रिया मगर , उपत्यका विशेष बागमती प्रदेश खुला शिरीष पौडेल, अनिश्थ दहाल (युनिक), अनिल बोहरा र जगतजंग शाही (जे.डी.) तथा महिला आहिस्ता कार्की, उपासना ओझा र बबिता कटुवाल, त्रि.वि.केन्द्रीय क्याम्पसबाट सिद्धान्त भट्ट, गण्डकी प्रदेश खुला मोहन विक्रम पौडेल, विशाल ढकाल (भुुुईमान्छे) , दुर्गानाथ लामिछाने , मिलन खत्री , अनिल कुँवर (टाई) , सुमन श्रेष्ठ (टाई) र सौगात भुुसाल (टाई) तथा महिला आरती पोखरेल मिश्र , मुना न्यौपाने र यामकला पौडेल (मनिषा) , लुम्बिनी प्रदेश खुला विष्णु घिमिरे , टेेेकराज के.सी.,निरज आचार्य, मधुसुधन आचार्य, विराज मुखिया , सूर्य वि.क. , प्रविन पुन मगर र रामचन्द्र के.सी. तथा महिला वर्षा मल्ल, मनिषा कार्की , रमा श्रेष्ठ र मनिषा योगी, कर्णाली प्रदेश खुला शुक्रराज बुढा , लेखराज परियार , प्रकाशमान सिंह, रतननाथ योगी र विवश भारती तथा महिला सञ्जिता साह, दीपा शाही र प्रतिभा शाही , सुदूरपश्चिम प्रदेशबाट खुला लक्ष्मणबहादुर बोहरा, कृष्ण धामी , रुपक धामी, प्रदीप खड्का ,नवराज विष्ट ,प्रेमप्रसाद देेेवकोटा र हरिश न्यौपाने तथा महिला अञ्जलि उपाध्याय (निर्विरोध निर्वाचित), पदमाकुमारी ओली (प्रतिक्षा (निर्विरोध निर्वाचित)) र यशोदा सिंह थापा (निर्विरोध निर्वाचित), विश्वविद्यालय राष्ट्रिय कमिटीबाट खुला ई.सचिन श्रेष्ठ, मौसम स्याङ्बो , डा. प्रविन भुसाल, सकृय सुबेदी , अञ्जान पोखरेल, नरेश धामी र परिवर्तन पुरी तथा महिला अर्चना भट्टराई, प्रिज्मा न्यौपाने, आकांक्षा भण्डारी र कृतिका तिवारी , खुलातर्फ पुरुष दीपक रेग्मी र अनमोल खड्का तथा महिला रचना अधिकारी , समावेशीतर्फ जनजाती खुला सोनाम मुक्तान र राजन घर्ती मगर; महिला सञ्ज्योति नेम्वाङ्ग (निर्विरोध निर्वाचित ) , दलित खुला प्रकाश सुनार र चक्र चनारा तथा महिला रञ्जना घतानी (निर्विरोध निर्वाचित ) , मधेशी/ थारु खुला राजेशकुमार यादव र मुकेश शाह तथा महिला काबल अधिकारी, मुस्लिम/अल्पसंख्यक/अपााङ्ग खुला खड्क प्रसाद शर्मा (के.पी. शर्मा), पिछडिएको क्षेत्र खुला ई.प्रेमबहादुर लाामा तथा महिला मनिषा भुल (निर्विरोध निर्वाचित ) निर्वाचित भएका छन् ।

त्यसैगरी केन्द्रीय आयोगहरुतर्फ निर्वाचन आय‍ोगको अध्यक्षमा जीतप्रसाद सिटौला ,उपाध्यक्षमा प्रविन गिरी, सचिवमा विशाल पराजुली, सदस्य खुला ई.आकाश खत्री दुर्गा घिमिरे, भीम पाण्डे , हिमाल जोशी, आविस्कार सुबेदी(अभि ) र मिलन पौडेल तथा सदस्य महिला प्राथना डोटेल (निर्विरोध निर्वाचित )भएका छन् भने लेखा आयोगको अध्यक्षमा अञ्जलि लम्साल (अम्बिका), उपाध्यक्षमा समिक्षा ढकाल, सचिवमा गगनसिंह बस्नेत , सदस्य खुुला आदित्य पौडेल, नवराज देवकोटा, रेशम श्रेष्ठ,, सन्देश भट्टराई , सुरेन्द्रबहादुर चलाउने र रविन्द्रराज शर्मा तथा सदस्य महिला उत्सवी ढकाल (निर्विर‍ध निर्वाचित) र रेखा तिवारी (निर्विरोध निर्वाचित) निर्वाचित भए ।

त्यस्तै अनुशासन आयोगको अध्यक्षमा सुमन घिमिरे, उपाध्यक्षमा आकाश गिरी , सचिवमा स्मृति अधिकारी , सदस्य खुला आशिष सापकोटा, अनिल भुसाल, पुष्कर अवस्थी, सुजन ढुंगेल , राजेश आचार्य र सन्देश पौडेल तथा सदस्य महिला स्नेहा के.सी. , दुर्गा खत्री , अधिवक्ता प्रतिक्ष कोइराला र उर्मिला कार्की निर्वाचित भएका छन् भने नीति, योजना तथा अनुसन्धान आय‍ोगको अध्यक्षमा प्रकाश विष्ट, उपाध्यक्षमा योगेश बम, सचिवमा विष्णु पाण्डे , सदस्य खुला ई. अनिश पोखरेल, ई.लोकेन्द्रबहादुर विष्ट, सुजन रेग्मी , निराजन खतिवडा, विप्लव ढुंगाना र विकास गुरुङ तथा सदस्य महिला नवीना थापा, कल्पना खतिवडा, सलिना गुरुङ र साक्षी शर्मा निर्वाचित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *