एमाले फेरि पनि केपी ओली कै नेतृत्वमा एकताबद्ध भएर अगाडि बढ्छ : विष्णु् पौडेल

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले नेकपा (एमाले) फेरि पनि केपी ओली कै नेतृत्वमा एकताबद्ध भएर अगाडि बढ्ने बताउनुभएको छ । नेकपा (एमाले)को ११औं महाधिवेशनो पूर्वसन्ध्यामा आज प्रेस चौतारी नेपालले आय‍‍ोजना गरेको सञ्चारकर्मीहरुसँगको संवाद कार्यक्रमलाई सम्बो्धन गर्दै उपाध्यक्ष पौडेलले नेकपा (एमाले)को ११औं महाधिवेशनमा आफूले अध्यक्ष र महासचिव बाहेकका पदमा उम्मेद्वारी दिने बताउनुभयो । राजनीतिक दलहरुलाई घेराबन्दी गरेर, कर्नरमा पारेर, राजनीतिक दलका नेता-कार्यकर्तालाई अपमान गर्ने, स्थान हद त‍ोक्ने जस्ता कार्यले निर्वाचनको वातावरण नबन्ने बताउदै उहाँले “निर्वाचन हुने वातावरण बनाउनुपर्छ र लिक बाहिर पुगेको संविधानलाई लिकमा फर्कानुपरछ” भन्नुभयो ।

यही मंसीर २७ ,२८ र २९ गते काठमाडौं उपत्यकामा “निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य” भन्ने नाराका साथ नेकपा (एमाले)को ११औं महाधिवेशन हुन लाागेको छ । यो महाधिवेशन हुने मिति नजिकिदै जाँदा नेकपा (एमाले)का नेता कार्यकर्ताहरु महाधिवेशनलाई भव्य र सभ्य बनाएर सम्पन्न गर्न खटिरहेका छन् ।

यो महाधिवेशमा नेकपा (एमाले)को अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टाछुट्टै प्यानल सहित अध्यक्ष पदमा उम्मेद्वारी दिने बताउनुभएको छ भने दुबै पक्षले आफू विजयी हुने दावी गर्दै आएका छन् । जसले गर्दा गत भदौमा विधान महाधिवेशन गरि सकेको नेकपा (एमाले)को ११औं महाधिवेशन थप रोचक बन्दै गएको छ

। यही आउदो मंसीर २७ गते शनिबार भक्तपुरको सल्लाघारीमा नेकपा (एमाले)को ११औं महाधिवेशन उद्घाटन गरि काठमाडौंमा मंसीर २८ र २९ गते बन्द सत्र गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *