एसईई(SEE) को पुरक परीक्षा आउदो भदौ ११ र १२ गते हुने

भक्तपुर/ कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (SEE)को ग्रेड बृद्धि(पुरक) परीक्षा आउदो भदौ ११ र १२ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरले आज जारी गरेको सूचनामा उक्त परीक्षाको नियमिततर्फ ग्रेड ‘सी’ या सो भन्दा कम ग्रेड भएका विद्यार्थीले ग्रेड बृद्धि (पुरक) परीक्षामा सम्मिलित हुन चाहेमा २ विषयसम्मको परीक्षा दिन सक्ने उल्लेख छ । यसैगरी उक्त सूचनामा एसईई को गत बैशाख ९ गतेदेखि सञ्चालन भएको नियमिततर्फ २ विषयसम्मको परीक्षामा अनुपस्थित भएका विद्यार्थीले पनि उक्त परीक्षामा सहभागी हुन पाउने उल्लेख छ । उक्त परीक्षा सम्मिलित हुन चाहाने विद्यार्थीले आउदो भदौ ५ गतेसम्म खाता नं.१४२२३ मा रु.५०० राजश्व जम्मा गरेको भौचर , प्रवेशपत्रको प्रतिलिपि र ग्रेडसीट (वेबसाइटबाट डाउनलोड गरेको) सहित आवेदन सम्बन्धित विद्यालय मार्फत शिक्षा विकास तथा समन्वय ईकाईमा पेश गर्नु पर्ने पनि सो सूचनामा उल्लेख छ ।

Leave a Reply