अन्तत: राष्ट्रिय परीक्षा बोर्डले भोलिबाट सञ्चालन हुने तय भएक कक्षा १२ को परीक्षा १० दिन पछि सारेको छ । उक्त बोर्डले जारी गरेको अपीलमा यही बैशाख २१ गते विहान ८ बजेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने उल्लेख छ । २०७२ बैशाख ११ गतेदेखि तय भएको परीक्षा जसरी पनि निर्धारित समयमा सञ्चालन गरेरै छाड्ने अडानमा सो बोर्ड रहेपनि आन्दोलनरत शिक्षकहरुहरु परीक्षा सञ्चालन नगर्ने अडानमा टसमस नभएपछि कक्षा १२को परीक्षा पछि सार्न राष्ट्रिय परीक्षा बोर्डमाथि चौतर्फी दबाब परेको थियो । सोही कारण हिजो दिउसोो प्रधानमन्त्री केपी शर्मा ओलीले यो परीक्षा सार्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएपछि सो बोर्डले कक्षा १२ को परीक्षा १० दिन पछि सारेको हो ।

शिक्षा ऐनको माग गर्दै शिक्षकहरु पठनपाठन लगायतका शैक्षिक क्रियाकलाप ठप्प पारी गत चैत्र २० गतेदेखि शिक्षकहरु काठमाडौं केन्द्रित सडक संघर्ष गरिरहेका छन् । सोही आन्दोलनको दवाव खेप्न नसकेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले स्वाि्थ्य समस्या भएको कारण देखाउदै सोमबार मन्त्री पदबाट राजीनामा गर्नु भएको थियो ।





