कर्बस उपत्यका दोस्रो समूहको ७औं कार्यकुशलता तथा सिकाइ व्यस्थापन कार्यशाला सम्पन्न

काठमाडौंको कीर्तिपुर नगरपालिका-६, चोभारमा रहेको चोभार साकोसको आयोजनामा सोही संस्थाको मिटिङ हलमा २०८१ बैशाख १२ गते बुधबार कर्बस उपत्यका दोस्रो समूहको ७औं कार्यकुशलता तथा सिकाइ व्यस्थापन कार्यशाला (7th PALM Workshop) कार्यक्रम सम्पन्न भयो । कार्यक्रम आयोजक चोभार साकोसका सचिव श्रीनाथ रिजालको अध्यक्षतामा सम्पन्न भयो । दीप प्रज्वलन गरी शुरु भएको कार्यक्रमको अध्यक्षता गरेका रिजालले कार्यक्रममा उपस्थित अतिथि तथा सम्पूर्ण साकोसका प्रतिनिधिहरुलाई स्वागत गर्दै सहकारी अभियानमै देखिएको समस्या न्यूनिकरण गर्न स्तरीकरण कार्यक्रमहरुले सहजीकरण गर्ने बताउदै नेफ्स्कूनद्वारा जिल्ला संघको साझेदारीमा सञ्चालित कर्बस (CURBS) कार्यक्रमको पृष्ठभूमिबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा कास्कून तालिम अधिकृतका साथै कर्बस उपत्यका दोस्रो समूहमा आबद्ध काठमाडौंका चोभार साकोस, गुइतः साकोस, गृहिणी साकोस, शैलुङ्गेश्वर प्रगतिशील साकोस, स्वज्ञान साकोस र पांगा महिला साकोसका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

आयोजक संस्थाका कार्यवाहक लेखा सुपरिवेक्षण समिति संयोजक सानुबाबु थापाले सञ्चालन गर्नु भएको कार्यक्रमको सहजीकरण नेफ्स्कून कार्यक्रम अधिकृत सोबिता मैनालीले गर्नु भएको थियो ।

Leave a Reply