काठमााडौं महानगरपालिकाले संस्थागत विद्यालयहरुलाई जेठको पहिलो साताभित्र छात्रवृत्तिको व्यवस्था मिलाउन निर्देशन दिएको छ । सम्बन्धित वडाध्यक्ष या उसले तोकेको वडा सदस्यको नेतृत्वको छात्रवृत्ति सिफारिस समितिले गरेको सिफारिस बमोजिम छात्रवृत्ति प्रदान गर्नु पर्ने बताइएको छ।






