काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पितृशोक

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पितृशोक परेको छ । मेयर साहका पिता रामनारायण साहको आज मध्यान्ह काठमाडौक‍ो नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (Civil Service Hospital) मा उपचारको क्रममा ७७ वर्षको उमेर निधन भएको छ ।

सिकिस्त विरामी भएपछि हिजो विहान उहाँलाई उपचारका लागि सो अस्पतालमा पु-याएको बताइएको छ । बेहोसी अवस्थामा रहेका साहलाई त्यहाँ भेण्टिलेटरमा राखेर उपचार गरिएपनि पिसावमा भएको संक्रमण शरीरभरी फैलिएकाले उहाँको उपचार सफल हुन नसकी निधन भएको अस्पताल श्रोतले जनाएको छ ।

उपचाररत रहेका साह सहितका विरामीको उपचनरको अवस्था बुझ्न प्रधानमन्त्री सुशिला कार्कीआज विहानै उक्त अस्पताल पुग्नुभएको समाचार सार्वजनिक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *