काठमाडौं महानगरपालिकाले दिनको दुई घण्टा सडकमा व्यापार गर्न दिनु पर्ने सडक व्यापारीहरुको माग

काठमाडौं महानगरपालिकाले सडकबाट हटाएपछि बिस्थापित भएका सडक व्यापारीहरुले आफूलाई कि त रोजगार दिनु परो, कि त दिनको दुई घण्टा सडकमा व्यापार गर्न दिनु परो भनी आज काठमाडौं महानगरपालिका अगाडि विरोध प्रदर्शन गरी धर्ना दिए । विरोधमा उत्रिएका प्रदर्शनकारीहरुले हामीलाई अफिस छुट्टी भएपछि दिनको दुई घण्टा सडकमा व्यापार गर्न दिनुस् , हामी सडकमा हिडडुल गर्ने यात्रुहरुलाई बाधा नपु-याई व्यापार गर्छौं र राज्यलाई कर पनि तिर्छौं भनी काठमाडौं महानगरपालिका समक्ष माग गरेका छन् तर यता सटरमा बहाल तिरेर व्यापार व्यवसाय गरिरहेका व्यवसायी/व्यापारीहरुले भने सडकमा बसेर व्यापार गर्नेहरुका कारण आफूहरुको व्यापार व्यवसायमा असर पर्ने गरेको र सडकमा बसेर व्यापार व्यवसाय गर्नेहरुका कारण सडकमा अनावश्यक भिडभाड हुदा त्यहाँ हिडडुल गर्न समस्या उत्पन्न हुने भएकोले उनीहरुलाई सडकमा व्यापार व्यवसाय गर्न दिन नहुने बताउछन् ।

काठमाडौं महानगरपालिकाले हटाएका सडक व्यापारी र भत्काएका भौतिक संरचनाबाट बिस्थापित भएका व्यापारीहरुलाई राज्यले व्यापार व्यवसाय गर्न उपयुकृत ठाउँ उपलब्ध गरी उनीहरुलाई उचित व्यवस्थापन गर्नु पर्ने आवाज उठिरहेको छ ।

Leave a Reply