कारागारबाट छुटे रेशम चौधरी, रेशम गिरफ्तारीले प्रकरणले अदालती कामप्रति सन्देह

आज दिउसो काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवन परिसरबाट सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार लगेका नागरिक उन्मुक्ति पार्टीकन संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरी कारागारबाट रिहा भए । उनलाई नाउपाकी अध्यक्ष तथा पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिब निवारण मन्त्री रञ्जिता श्रेष्ठ सहितले फुलमाला लगाएर स्वागत गरे । सर्बोच्च अदालतका शाखा अधिकृत महिमान विष्टले चौधरीलाई पक्राउ गरि डिल्लीबजार कारागार चलान गर्न प्रहरीलाई चिट्ठी लेखेपछि प्रहरीले चौधरीलाई पक्राउ गरेपछि सर्बोच्च अदालतमा सो पत्रको छानविन हुदा सो पत्र अनाधिकृत भएको पाइएकोले चौधरीलाई कारागारबाट छाड्न सर्बोच्च अदालतले प्रहरीलाई पत्र पठाएपछि चौधरीलाई डिललीबजार कारागारबाट रििहा गरिएको बताइएको छ ।

रेशम चौधरीलाईप्रकाउ गर्न पत्र लेख्ने शाखा अधिकृत प्रहरी हििरासतमा

चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्बोच्च अदालतका शाखा अधिकृत महिमान विष्टलाई सर्बोच्च अदालत परिसरबाट प्रहरी दिउँस नै नपयन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौं लगेको थियो । शाखा अधिकृत विष्टले चौधरीलाई पक्राउ गर्न किन पत्र लृखे भन्ने कुरा भने सार्वजनिक भएको छैन । योप्रकरणले अदालती कामकारबाहीमा सन्देह उत्पन्न भएको कतिपय जानकार बताउछन् ।

जनमत पार्टी र नाउपाको एकीकरण घोषणा कार्यक्रम स्थगित

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बीच एकता घोषणा कार्यक्रममा पुगेका नाउपाका संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गरेसँगै आज हुन लागेको जनमत पार्टी र नाउपा वीचको एकता घोषणा कार्यक्रम स्थगित भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *