कुवेतका अमिरको निधनमा आज नेपालमा पनि शोक मनाउदै

यही मंसिर ३० गते शनिबार ८६ वर्षको उमेरमा निधन भएका कुवेतका

अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सवाहको निधनमा आज नेपालमा पनि शोक मनाउने गृह मन्त्रालयले जनाएको छ । आइतबार बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले कुवेतका अमिरको निधनको शोकमा आज नेेपालका सरकारी कार्यालय तथा विदेशस्थित कुटनीतिक निय‍ोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णण गरेको थियो । कुवेतका अमिरको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दु:ख व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *