कोशी प्रदेश सरकार र आन्दोलनरत पहिचान पक्षधर बीच ३ बुँदे सहमती

कोशी प्रदेश सरकार र आन्दोलनरत पहिचान पक्षधर बीच बिहीबार ३ बुँदे सहमती भएको छ । उक्त सहमतीमा सो प्रदेशको पुुन:नामाङ्कन प्रक्रियालाई सरकार र आन्दोलनकारी दुबैले ठोस कसरत गरेर निश्कर्षको चरणमा पु- याउन आगामी वार्तासम्ममा पहल गर्ने उल्लेख छ ।

यस अघि कोशी प्रदेश सरकार र पहिचान पक्षधर बीच ५ बुँदे सहमती भएक‍ो थियो ।

लामो बहस र विवादका बीच २०७९ फाल्गुण १७ गते १ नं.प्रदेश सभाबाट १ नं. प्रदेशको नाम कोशी प्रदेश राख्ने दुईतिहाई बहुमत प्रदेेश सभा सदस्यको मतबाट निर्णय भएको थियो । नेकपा (एस) र जनता समाजवादी पार्टी, नेपाल बाहेकका सबै दलका कोशी प्रदेश सभा सदस्यहरुले १ नं. प्रदेशको नाम कोशी प्रदेश राख्ने पक्षमा मतदान गरेका थिए । त्यसयता १ नं. प्रदेशको नामाकरण कोशी प्रदेश राख्ने निर्णय खारेज गरि पहिचानको आधारमा नामाकरण गर्नु पर्ने माग गरि आन्दोलन गर्दै आएका छन् । यो आन्दोलनका क्रममा १ जनाको ज्यान गएको थियो ।

उता आन्दोलनरत पहिचान पक्षधरहरु बीचमा भने कोशी प्रदेशको सट्टा पुन: नामाङ्कन गर्दा १ नं. प्रदेशको नाम के राख्ने भन्नेमा साझा सहमती हुन सकेको छैन ।

Leave a Reply