खानेपानीको प्रति जार रु.१० का दरले बढ्यो मुल्य , प्रभावकारी बजार अनुगमन नहुँदा कृतिम अभावमा बृद्धि

काठमाडौं/ खानेपानी कम्पनीहरुले प्रति जार खानेपानीको रु.१० का दरले मुल्य बृद्धि गरेका छन् । उनीहरुले प्रति जार रु.२५ का दरले पसलमा खानेपानीको मुल्य बृद्धि गरेका छन् भने पसलेहरुले उपभोक्तालाई रु.१० नै प्रति जार खानेपानीको मुल्य बढाएका छन् । जारको पानीमा मात्रै नभई बोतलको पानी पनि भारी मात्रामा बढेको देखिएको छ । जसले जनजीवन थप कष्टकर बनेको छ । बजार पेट्रोलियम पदार्थ मुल्य घट्नु तर खानेपानीको मुल्य बढ्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सरोकारवालाहरुले सरकारले खानेपानी कम्पनीहरुलाई विजुली लगायतका विशेष सुविधा प्रदान गरी खानेपानीको मुल्य घटाउने वातावरण बनाउन जोड दिएका छन् ।

यता राज्यका नियामक निकायले राम्रोसँग बजार अनुगमन नगर्दा ठूला व्यापारीहरुले दैनिक उपभोग्य सामाग्रीको कृतिम अभाव सृर्जना गरेको जानकारहरु बताउछन् । जसले गर्दा बजार भाउ धेरै बढेको उनीहरुको भनाई छ ।

Leave a Reply