भक्तपुर नगरपालिका-२ , व्यासीमा रहेको ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को १६औँ वार्षिक साधारण सभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय समिति सचिव एवं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा २०८० पुस २१ गते शनिबार भक्तपुर बैंक्वेटमा सम्पन्न भयो ।

सोही संस्थाका अध्यक्ष राजकुमार लघुको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्रमुख अतिथि सुवालले उक्त संस्थाका ७० वर्ष माथिका जेष्ठ शेयर सदस्यहरु मैयाँ सुलु, गणेशबहादुर लघु, चन्द्रमाया ग्वाछा , रामप्यारी लाखे, काञ्छी ग्वाछा , कमल सुवाल , चन्द्रबेती बासुकला , रामकेशरी त्यात र तुल्शी धुसुलाई सम्मान गर्नुभयो यसैगरी उहाँले उत्कृष्ट जीपीए (GPA) का साथ २०७९ को एसईई (SEE) उतीर्ण गरेका सो संस्थाका बाल सदस्यहरु समिरा राजचल, समिर सुवाल, दीपशिका बासुकला , दृष्टि दुवाल, प्रनिस लाखे ,रुषा जति र यनिक याकामी तथा शेयर सदस्यहरु अनुष्टुप आचार्य , रेनुषा सुलु र जिना सुवाल तथा उनीहरुका परिवारलाई पुरस्कार सहित सम्मान गर्नुभयो । त्यसैगरी उहाँले आर्थिक वर्ष २०७९/०८० का सो संस्थाका असल बचतकर्ता चन्द्रलक्ष्मी सुजखु र असल ऋणकर्ता लक्ष्मी भक्त लाखेलाई सम्मान गर्नुका साथै उक्त संस्थामा १० वर्ष भन्दा बढी समय कार्य गरेका कर्मचारीहरु रत्ना ब्याञ्जू, रोजिना दुवाल र न्हुछेमाया बासुकलालाई नगद पुरस्कार र प्रमाण- पत्रबाट सम्मान गर्नुभयो भने साधारण सभाका अध्यक्ष लघुले प्रमुख अतिथि र अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नुभयो ।
सो साधारण सभाको उद्घाटन गर्नुभएका प्रमुख अतिथि सुवालले मन्तव्य व्यक्त गर्दै सहकारी सदस्यहरुलाई आर्थिक रुपमा मात्र क्रियाशील नभई समाज सेवामा लाग्न अनुरोध गर्नुभयो । शेयर सदस्यहरुलाई गीत, संगीत र नाचगानको प्रशिक्षण पनि चालु राखेमा शेयर सदस्यहरु स्वस्थ हुन्छन् भन्दै उहाँले ‘आमा बुबाले मध्यपान र ध्रुमपान गर्दा मस्तिस्क कमजोर हुन्छ’, भन्नुभयो । ‘आमा बुबाले नजाने बच्चाहरु पनि नजान्ने हुन्छन् । स्कूल कलेज राम्रो गरौँ अनिमात्र छोराछोरीहरुले आमा बुबाको सेवा गर्छ । सहकारीले पैसाको कारोबारमा मात्र सिमित नरही शिक्षा, स्वास्थ्य र संस्कृति विकासमा पनि चिन्तन गर्नुपर्छ । सहकारी मार्फत किसानहरुलाई बिउ बिजन ,मलखाद विभिन्न औजारहरु तथा किटनाशक औषधि वितरण गर्नुपर्छ । सहकारीले सीपमूलक पुराना सामग्री बनाउने तालिम दिनुपर्छ । अहिले लाखौ लाख युवा विदेश गएका छन । भोलि बुढाबुढी र बच्चा बच्चीमात्र नेपालमा रहने चिन्ता छ । जग्गा जमीन बाझो छ । तसर्थ: सहकारीहरुले भविष्ण्लाई लक्षित गरी आदर निकेतन खोेल्न आवश्यक छ’, उहाँले भन्नुभयो । समाजवादी ब्यवस्थामा उत्पादनका साधनहरुमा राज्यको प्रभुत्व हुन्छ तर पूँजीबादी ब्यवस्थामा लोभ बढी हुन्छ, तसर्थ: पोखरी ,सार्वजनिक जग्गा ब्यक्तिको नाम हुन जान्छ भन्दै सहकारी संस्थाले टोलका बालबालिका र छरछिमेकलाई देश विदेशका घटनाक्रमबारे जानकारी दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
।
साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै भक्तपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले सहकारी मुल्य र मान्यता अनुसार सञ्चालित सहकारीहरुमा कुनै पनि समस्या छैन र सहकारी सिद्धान्त अनुसार कार्य गरे हरेक सहकारी लक्ष्यमा पुग्न सकिन्छ भन्दै देको मिवा इतापाखे आवास एकिकरण आयोजना र भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कार्यक्रमबारे जानकारी दिनुभयाृे ।
साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि का सचिव जगनाथ प्रजापतिले ‘भक्तपुरमा रहेका समुदाय आधारित सहकारी संस्थाका क्रियाकलाप राम्रा छन् । जनताको बचत लिई फरारहरुलाई कडा भन्दा कडा कार्वाही गर्न आवश्यक छ’, भन्नुभयो । उहाँँले ख्वप साकोसको प्रगति र गतिविधि राम्रो रहेको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो ।
साधारण सभामा सिद्धी गणेश साकोसका अध्यक्ष रुद्रनारायण लाखा सहित भिन्तुना साकोस,बालाखु साकोस, संगम साकोस,श्रमिक साकोस, शुभकामना साकोस,लोकेश्वर साकोस, शुभेच्छा साकोस र छोलेश्वर साकोसका अध्यक्ष तथा प्रतिनिधिले पनि साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
साधारण सभाका अध्यक्ष लघुले सो संस्थाको गतिबिधि र आगामी कार्ययोजना बारे चर्चा गर्दै संस्थाका शेयर सदस्यहरुको रोजगारी लक्षित सीपमूलक र आयमूलक तालिमहरु र सञ्चालकहरु तथा कर्मचारीहरुको क्षमता अभिबृद्धि कार्यक्रमहरु निरन्तर सञ्चालन गर्ने बताउदै यस बर्षको संस्थाका भवन निर्माण तथा बाजा प्रशिक्षण पनि गर्ने जानकारी दिनुभयो ।
उक्त संस्थाका सल्लाहकार बालमुकुन्द बासुकला, कुमार लघु र कृष्णभक्त लघु तथा सञ्चालक समितिका उपाध्यक्ष संस्थाका उपाध्यक्ष राजेश ब्याञ्जु र लेखा सुपरीवेक्षण समिति सदस्य कृष्णराम सुलुले पनि मन्तव्य व्यक्त गर्नुभएको साधारण सभामा सोही संस्थाका सचिव संस्थाका सचिव लक्ष्मीनारायण सुवालले संस्थाको वार्षिक प्रगति प्रतिवेदन , कोषाध्यक्ष अमर बासुकलाले संस्थाको आर्थिक प्रवितबेदन र लेखा सुपरीवेक्षण समिति संयोजक लक्ष्मीदास बासुकलाले संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । शेयर सदस्यहरु बीच छलफल गरि ती प्रतिवेदनहरु साधारण सभाबाट पारित गरियो ।

साधारण सभाले पुन: राजकुमार लघुको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र लक्ष्मीदास बासुकलाको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन ग-यो । ४ वर्षे कार्यकाल रहने सो सञ्चालक समितिको उपाध्यक्षमा हरिप्रसाद बासुकला , सचिवमा अमर बासुकला , कोषाध्यक्षमा लक्ष्मीनारायण सुवाल र सदस्यमा राजेश व्याञ्जु, विकास व्याञ्जु, राजाराम सुवाल , कृष्णप्रसाद आचार्य र चण्डेश्वरी याकामी तथा लेखा सुपरीवेक्षण समिति सदस्यमा कृष्णराम सुलु र सुजिमा व्याञ्जु चयन हुनभएको छ । त्यस अवसरमा सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई त्यसै संस्थाका निर्वाचन उपसमिति संयोजक गणेशप्रसाद सुवालले सपथ खुवाउदै बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभयो ।
साधारण सभाको उद्घाटन कार्यक्रमको बीच बीचमा ब्यासी सांस्कृतिक समूहले सांस्कृतिक प्रस्तुति र हरि भजन दाफा समुहले बासुरी धुन प्रस्तुत गरेका थिए ।





