गएको मध्यरातबाट मौन अवधि शुरु

काठमाडौं/ स्थानीय तहको निर्वाचन शुरु हुन अब २ दिन मात्रै बाँकी छ । मतदान शुरु हुनुभन्दा ७२ घण्टा अगाडिदेखि मौन अवधि शुरु हुने प्रचलन अनुरुप गए राती १२ बजेदेखि यो निर्वाचनको मौन अवधि शुरु भएको छ । मौन अवधिमा चुनाव प्रचार प्रसारका सार्वजनिक गतिविधि गर्ने जस्ता कार्य गर्न पाइदैन । बिगतका निर्वाचनको मौन अवधिको समयमा धेरैजसो उम्मेद्वार र तिनका सहयोगीहरुले मतदातालाई आफ्नो पक्षमा पार्न पैसा बाड्ने, भोजभतेर गर्ने जस्ता कार्य गरेको दैखिएको थियो ।

यस पटक भने निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई उम्मेद्वारको निगरानी गर्न भनेको छ तर यसले बिगतका घटना दोहोरिन नदिन भूमिका निर्वाह गर्न सक्ला कि नसक्ला, त्यो भने हेर्न बाँकी नै छ ।

Leave a Reply