गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई सरकारमा सहभागी मन्त्रीलाई चित्त बुझाउन सकस

पोखरा / गण्डकी प्रदेशसभाबाट विपक्षमा २७ मत र सरकारको पक्षमा ३१ मत प्राप्त गरी विश्वास प्राप्त गरेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई आफू नेतृत्वको गण्डकी प्रदेश सरकारमा सहभागी २ विना विभागीय मन्त्रीलाई चित्त बुझाउन सकस परेको देखिएको छ । जसपाको तर्फबाट सरकारमा सहभागी हरिचरण आचार्य र स्वतन्त्र प्रदेश सभासद राजिव गुरुङ उर्फ दीपक मनाङेलाई चित्त बुझाउन समस्या परेको देखिएको छ । मुख्यमन्त्री पोखरेलले विना विभागीय मन्त्रीद्वय गुरुङलाई युवा तथा खेलकुद र आचार्यलाई उर्जा , जलश्रोत तथा खानेपानी मन्त्रीको प्रस्ताव गर्दा उनीहरुले त्यसलाई स्वीकारेका छैनन् । मनाङेले भौतिक पुर्वाधार र आचार्यले आर्थिक मामिला मन्त्रालय पाउनु पर्ने दावी गरेका छन् । पोखरेलले भने विना विभागीयद्वयको उक्त प्रस्ताव स्वीकार्न सकेका छैनन् । जसले गर्दा विना विभागीय मन्त्रीद्वय गुरुङ र आचार्यले आक्रोस व्यक्त गरेको देखिएको छ । गण्डकी प्रदेश सरकारमा सहभागी मन्त्रीहरु वीच मन्त्रालयको भागबण्डाको किचलोलाई नजिकबाट नियाली रहेका कतिपय मानिसहरुले यसलाई हग्नेलाई भन्दा देख्नेलाई लाज भनेर टिप्पणी गरेको देखिएको छ ।

नेपाली काँग्रेसका गण्डकी प्रदेश सभा दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा सहभागी नेपाली काँग्रेसका नेता कुमार खड्कालाई शिक्षा , विज्ञान प्रविधि र सामाजिक विकास मन्त्रालय र नेकपा (माओवादी केन्द्र) की नेतृ मधुमाया अधिकारी गुरुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । सो सरकारलाई समर्थन गरेपनि राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी छैन ।

Leave a Reply