गन्तव्य बचत तथा ऋण सहकारी संंस्था लि.को १५औं वार्षिक साधारण सभा २०८२ पुस १९ गते शनिबार सम्पन्न भयो ।

ललितपुरको थसिखेलस्थित कुप फुडल्याणडमा सम्पन्न उक्त साधारण सभाको त्यसै संस्थाका लेेखा परीक्षक तथा सहकारीकर्मी मुकुन्दप्रसाद दहालले दीप प्रज्वलन गरि उद्घाटन गर्नुभयो ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन अनुरुप सम्पन्न भएको साधारण सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट आ.व.२०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सोही संस्थाका अध्यक्ष रमेशप्रसाद चौलागाईँले सहकारी सिद्धान्त, मूल्य, र मान्यता एवं नेपाल सरकारले बेलाबेलामा जारी गरेका मापदण्ड, नीति र निर्देशनलाई संस्थाको हितमा अधिकतम उपयोग गर्दै संस्थाको विनियममा आधारित रही निर्माण गरिएका अन्य नीति, नियम , कार्यक्रम तथा योजनालाई पालना गर्ने तथा कार्यान्वयन गर्ने गराउने तर्फ हाम्रो यो संस्था दृढ रहेर अगाडि बढिरहेको बताउनुभयो । सहकारीमा सदस्यहरु बीच आपसी सहयोग र सद्भावको भावनात्मक सम्बन्ध रहने बताउदै अध्यक्ष चौलागाईँले “सहकारीको माध्यमद्वारा समाजमा छरिएर रहेको स-साना पूँजी एकीकृत गरि हाम्रा स-साना समस्या समाधान गर्नका साथै राष्ट्रिय पूँजी निर्माणमा समेत सहयोग पु-याउन हामी निरन्तर लाागिपरेका छौं”, भन्नुभयो । सो संस्थाको वित्तीय अवस्था र गतिविधि बारेमा चर्चा गर्दै उहाँले यस संस्थालाई स्थापनाकालदेखि १५औं वार्षिक साधारण सभा सम्पन्न गर्ने अवस्थासम्म सफलतापूर्वक ल्याइपु-याउन साथ र सहयोग गर्नु हुने सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

साधारण सभामा त्यसै संस्थाका कोषाध्यक्ष केशव गजुरेलले संस्थाको आ.व.२०८१/०८२ को प्रगति समीक्षा तथा आ.व.२०८२/०८३ को प्रस्तावित प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक श्रीप्रसाद बुढाथोकी संस्थाको लेखा सुपरीवेक्षण समितिको आ.व.२०८१/०८२ को प्रतिवेदन प्रस्तुत गर्नुभयो । शेयर सदस्यहरु बीच छलफल भई साधारण सभाबाट ती प्रतिवेदनहरु पारित गरिएको उक्त संस्थाका प्रबन्धक उत्तम घिमिरेेको भनाइ छ ।

साधारण सभामा उत्कृष्ट ऋण कारोबार पुस्कार शेयर सदस्य भीमबहादुर ठकुरी र नियमित बचत कारोबार पुरस्कार शेयर सदस्य रनमाया गुरुङलाई प्रदान गरि सम्मान गरियो । यसैगरी २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट जीपीए (GPA)का साथ उत्तीर्ण भएका शेयर सदस्य ज्ञानकुमारी तामाङकी छोरी निति थापा, शेयर सदस्यद्वय पार्वती घले र आइतबहादुर घलेकी छोरी उषा घले , शेयर सदस्य रविन देवकोटाकी छोरी साध्वि देवकोटा, शेयर सदस्य भरतबहादुर महतका छोरा उमङ्ग महत, शेयर सदस्यद्वय निर्मल ढुंगाना र प्रमिला खनालकी छोरी अनुसया ढुंगाना , शेयर सदस्यद्वय शिवप्रसाद अधिकारी र रेनु नेपालका छोरा स्टेभ अधिकारी र शेयर सदस्यद्वय विनोद ढुंगाना र सरिता ढुंगानकी छोरी कल्की ढुंगानालाई एसईई (SEE ) सम्मानबाट सम्मानित गरियो । यस्तै उत्कृष्ट जीपीए (GPA)का साथ +२ तह उत्तीर्ण गरेका शेयर सदस्य निर्मला वि.क.को छोरा सुदीप गहतराज, शेयर सदस्य शालिकराम खतिवडाको छोरा निशान खतिवडा, शेयर सदस्य पार्वती तिमिल्सिनाकी छोरी आस्था तिमिल्सिना र शेयर सदस्य रामजी प्रसाद सुवेदीकि छोरी आयुष्मा सुवेदीलाई +२ सम्मानबाट सम्मानित गरियो । यस्तैगरी उत्कृष्ट जीपीए (GPA)का साथ स्नातक तह उत्तीर्ण गरेका शेयर सदस्यद्वय दीपकप्रसाद भण्डारी र पूर्णकला भण्डारीकी छोरी प्रतिभा भण्डारी तथा शेयर सदस्य सुमित्रा पौडेलकी छोरी गुञ्जन पौडेलललाई स्नातक सम्मानबाट सम्मानित गरियो ।
सो संंस्थाका अध्यक्ष रमेशप्रसाद चौलागाईँले अध्यक्षता, सञ्चालक समिति सदस्य स्वस्तिका अधिकारीले सञ्चालन र सञ्चालक समिति सदस्य सुभद्रा घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको साधारण सभामा उक्त संंस्थाका सल्लाहकार श्रीप्रसाद गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्दै सो संस्थाको क्रियालाप र प्रगतिप्रति प्रशन्नता व्यक्त गर्नुभएको थियो ।





