लोकप्रिय गायक रुद्रसेन विश्वकर्माको भोजपुरी गीत ‘दे दन प्यार गोरी’ को भिडियो सार्वजनिक भएको छ । नेपाली, भोजपुरी, मैथिली लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा नाम कमाएका गायक विश्वकर्माको यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको जोडीले दर्शकको मन लोभ्याउने प्रस्तुती दिएका छन् ।

गीतमा गायक रुद्रसेन विश्वकर्मा र प्रतिमा अर्यालको स्वर सुन्न सकिन्छ । गीतको शब्द र संगीत सृजना पनि रुद्रसेन विश्वकर्माकै रहेको छ । गीतको भिडियोको नृत्य निर्देशन प्रदीपकुमार रसाइलीले गरेका छन् । गीतको छायांकन ज्ञानेन्द्र शर्मा र उनको टिमले काठमाडौंमा सम्पन्न गरेको बताइएको छ ।
गीतको निर्माण निरकुमारी विश्वकर्मा ‘सविना’ले गरेकी हुन् भने एरेञ्जिङ, मिक्सिङ र मास्टरिङ प्रमोद (भारत)ले गरेका छन् । कोरसमा शशि झा र उनका साथीहरूको सहभागिता रहेको छ ।
रुद्रसेन क्रिएसन प्रा.लि.को प्रस्तुतिमा तयार भएको यो गीत ‘दिलवाली’ नामक एल्बममा समावेश गरिएको छ । विशेष गरी भ्यालेण्टाइन्स डेको अवसरमा सार्वजनिक गरिएको गीतले प्रेमिल मनहरूमा विशेष प्रभाव पार्ने विश्वास गरिएको छ ।
गीतलाई रुद्रसेन क्रिएसन प्रा.लि.को युट्युब च्यानलमा हेर्न सकिन्छ भने उक्त गीतलाई हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्न सकिने छ ।






