भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति र मातपोत कार्यालय, कास्कीको प्रमुखको सरुवा गर्न विचौलियासँग घुस डिल गरेको भनिएको अडियो सार्वजनिक भएसँगै विवादमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आज मन्त्री पदबाट राजीनामा दिएको बताइएको छ । सो अडियो सार्वजनिक भएपछि नेकपा (एमाले)का पर्साका नेता समेत रहेका गुप्तालाई प्रधानमन्त्रीले मन्त्री पदबाट हटाउनु पर्ने नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला लगायतले बताउदै आएका थिए ।
उता मन्त्री पदबाट राजीनामा दिएका गुप्ताले भने आफूमाथि घुस खाएको आरोप लागेपनि त्यसमा आफू दोषी नभएको तर प्रविधिको भने सिकार भएको बताएका छन् ।
यता उक्त घुस प्रकरणको तत्काल अडियो छानविन गर्न र त्यसका दोषीलाई कडा कारबाही गर्न माग भइरहेको छ । सो अडियोमा नाउपाकी अध्यक्ष तथा पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरी पनि ले बोलेको सुनिएको कतिपय जानकार बताउछन् ।





