नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को अध्यक्ष पदमा संयुक्त प्यानलको नेतृत्व गरेका चन्द्रप्रसाद ढकाल १७७ मतान्तरका साथ विजयी हुनुभएको छ । जम्मा खसेको २,२४९ मत मध्ये अध्यक्ष पदमा विजयी उम्मेद्वार ढकालले १,१९६ मत पाउनुभयो भने पुन: अध्यक्ष पदका प्रत्यासी बनेका नेफ्स्कू्नका निबर्तमान अध्यक्ष परितोष पौड्यालले १,०१९ मत पाउनुभएको निर्वाचन उपसमितिले जनाएको छ । ।
यसैगरी नेेेफ्स्कूनको बरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी १,२३१ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी देेेवकी नेपालले ९८४ मत पाउनुभयो । त्यसैगरी नेफ्स्कूनको उपाध्यक्ष (महिला)मा शान्ति अधिकारी १,१४१ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी गोमा नेपाल सापकोटाले १,०८४ मत प्राप्त गर्नुभयो । यस्तै महासचिवमा घनश्याम अधिकारी ८७६ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी सन्दीप सापकोटाले ८०१ र केशवप्रसाद पोखरेलले ५४४ मत पाउनुभयो । यसैगरी कोषाध्यक्षमा दीपक थापा १,११३ मत पाएर निर्वाचित हुनुभयो भने उहाँका प्रतिस्पर्धी जिवसराज खड्काले १,०९९ मत पाउनुभयो ।
त्यस्तै सञ्चालक महिलामा सीता ढकाल पौडेल १,५२७ , कमलादेवी गिरी १,२४९ र मन्दरा मिश्र १,२०३ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँहरुका प्रतिस्पर्धी अमरावती बलामी (महर्जन)ले १,१२८ र विद्या कोइरालाले ९७३ मत पाउनुभयो । त्यस्तै कोशी प्रदेश सञ्चालकमा लक्ष्मी सापकोटा १,२१२ मत पाएर विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी ताराप्रसाद भट्टराईले ९६८ मत पाउनुभयो । यस्तै मधेश प्रदेश सञ्चालकमा शोभाकुमारी राउत १,३२० मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी गंगाकुमारी बलम्पाकीले ८६२ मत पाउनुभयो । यस्तै बागमती प्रदेश सञ्चालकमा खेमराज सुवेदी १,१२६ मत पाएर निर्वाचित हुनुभयो भने उहाँका प्रतिस्पर्धी् शम्भुप्रसाद घिमिरेले १,०७२ मत पाउनुभयो । त्यसैगरी गण्डकी प्रदेश सञ्चालकमा गोपालप्रसाद गौतम १,१८८ मत पाएर विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी रामजी कँडेलले ९९७ मत पाउनुभयो । लुम्बिनी प्रदेश सञ्चालकमा ज्ञानु पौड्याल १,३२३ मत पाएर विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी नवराज न्यौपानेले ८७० मत पाउनुभयो । कर्णाली प्रदेश सञ्चालकमा वीरबहादुर राउत भोटे ९४२ मत पाएर निर्वाचित हुनुभयो भने उहाँका प्रतिस्पर्धी महेन्द्रप्रसाद शर्मा ९०४ र धीरेन्द्रकुमार शाक्यले ३३० मत पाउनुभयो । यसैगरी सुदूरपश्चिम प्रदेश सञ्चालकमा दिप्ती शाही १,२६६ मत पाएर विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी श्रीमती इश्वरी जोशीले ९२९ मत पाउनुभयो। त्यस्तै सञ्चालक खुल्लामा नवराज अर्याल १,०८३, सुशिलकुमार बस्न्यात ९६६ ,देवकुमार श्रेष्ठ ९६५ र शालिकराम ढकाल ९४५ मत पाएर निर्वाचित हुनुभयो भने उहाँहरुका प्रतिस्पर्धी योगेश ढकालले ८७३, नानीकाजी शाक्यले ८६७ , हरेराम प्रसादले ८५७, रामशरण घिमिरेले ८४०, किरण बर्तौलाले ६११ , कृष्णप्रसाद सुवालले २२० र रामभक्त यादवले २०९ मत पाउनुभयो ।
यसैगरी लेखा सुपरीवेक्षण समिति संयोजकमा इन्द्रराज ज्योति पौडेल १,१५४ मत प्राप्त गरी निर्वाचित हुनुभयो भने उहाँका प्रतिस्पर्धी माधवप्रसाद जोशीले १,०४९ मत पाउनुभयो । लेखा सुपरीवेक्षण समिति सदस्य खुल्लामा हेमराज विष्ट १,३४९ मत पाएर विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी सतेन्द्रप्रसाद ठाकुरले ८३४ मत पाउनुभयो । यस्तै लेेखा सुपरीवेक्षण समिति सदस्य महिलामा दुर्गा तिवारी सञ्जेल १,२५५ मत पाएर विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी सुभद्रा नेपालले ९३४ मत पाउनुभयो ।
निर्वाचन उपसमितिले आगामी ४ वर्षे कार्यकालका लागि नवनिर्वाचित नेफ्स्कूनको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी र सदस्यहरुलाई कार्यकालको सफलताको शुभकामना सहित बधाइ ज्ञापन गरी पद तथा गोपनियताको सपथ ग्रहण गराएको थियो । त्यस अवसरमा नवनिर्वाचित अध्यक्ष ढकालले साकोस अभियानलाई एकताबद्ध बनाएर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यो निर्वाचनबाट ढकाल र पौड्याल प्यानलबाट मिश्रित परिणाम प्राप्त भएको छ , जसले साकोस अभियानलाई पुन: एकीकृत बनाएर अगाडि बढाउन सक्ने अवस्था बनेको छ । यस निर्वाचनमा ढकाल प्यानलबाट अध्यक्ष, कोषाध्यक्ष, २ सञ्चालक खुल्ला , कर्णाली प्रदेश सञ्चालक र लेेखा सुपरीवेक्षण समिति संयोजक पदका उम्मेद्वार विजयी भए भने पौड्याल प्यानलबाट बरिष्ठ उपाध्षक्ष, उपाध्यक्ष महिला, महासचिव, ३ सञ्चालक महिला, २ सञ्चालक खुल्ला , कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सञ्चालक र लेखा सुपरीवेक्षण समितिका २ सदस्य पलका उम्मेद्वार विजयी भए ।





