चमेली कल्याणकारी साकोसको सेवाकेन्द्र गुण्डुको प्रथम स्थापना दिवस कार्यक्रम सम्पन्न

भक्तपुरको सूर्यविनायक नगरपालिका-१, विरुवामा आफनै भवनमा मुख्य कार्यालय रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.को सदस्य सेवाकेन्द्र गुण्डुको प्रथम स्थापना दिवस कार्यक्रम वार्षिक समीक्षा सहित यही चैत २ गते बिहीबार सूर्यविनायक नगरपालिका वडा नं.७ को सभाहलमा सम्पन्न भयो । सो सेवाकेन्द्र सञ्चालन उपसमितिका संय‍ोजक प्रकाश न्यौपानेको अध्यक्षता तथा सूर्यविनायक नगरपालिका वडा नं.७ का वडाध्यक्ष रविन्द्र सापकोटाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । सोही संस्थाका अध्यक्ष प्रम‍‍ोद घिमिरेको आतिथ्यतामा सम्पन्न यो कार्यक्रममा त्यसै संस्थाका सचिव दीपककुमार न्यौपानेले त्यस संस्थाको पृष्ठभूमि, कोषाध्यक्ष नवराज घिमिरेले संस्थाको सेवा सुविधा र वित्तीय प्रगति विवरण र लेखा सुपरीवेक्षण समितिका संय‍ोजक शालिकराम घिमिरले संस्थाको गतिविधि बारेमा प्रकाश पार्नुभयो । कार्यक्रममा विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै सो संस्थाको थप प्रगतिको कामना व्यक्त गर्नु भएको थिय‍ो ।

कार्यक्रमको प्रमुख अतिथि सापकोटाले उद्घाटन गर्नुभएक‍ो थियो ।

उक्त संस्थाका व्यवस्थापक सुदर्शन चौलागाईँ ‘स्थानीय समुदायमा आधारित हाम्रो यस संस्थामा तरलताको अवस्था राम्रो छ’, भन्नुहुन्छ ।

Leave a Reply