आन्दोलनरत चिकित्सकहरुको आन्दोलनका कारण सरकारी अस्पतलको बहिरङ्ग(OPD) सेवा आजबाट अनिश्चितकालका लागि बन्द भएको छ । अस्पतालमा ओपीडी सेवा बन्द भएको जानकारी नपाएर टिकट काट्न लागि विहान सबेरै लाइन बस्न पुगेका विरामी/विरामीका आफन्तलाई काठमाडौंको नयाँबानेश्वरस्षिशी सिभिल हस्पिटल ( निजामती कर्मचारी अस्पाल) को गेटबाटै सो अस्पतालका सुरक्षाकर्मीले फिर्ता पठाएका थिए ।
‘डाक्टलाई भेट्न टिकट काट्न बनेपादेखि आएँ। हस्पिटलमा ओपीडी सेवा बन्द भएको थाहा भएन’, एक विरामीले भनिन् ।





