चौतर्फी विरोध पछि भरे मध्यरातीबाट पेट्रोल , डिजेल र मट्टितेलको मुल्य घट्ने

काठमाडौं/ चौतर्फी विरोधपछि नेपाल सरकार पेट्रोलियम पदार्थमा लगाउदै आएको कर समायोजन गर्ने टुङ्गोमा पुगेपछि भरे मध्यरातीदेखि लागू हुने गरी नेपाल आयल निगम लि.ले पेट्रोल , डिजेल र मट्टितेलको मुल्य घटाउने निर्णय गरेको जनाएको छ ‌। आज बसेको नेपाल आयल निगम लि.को सञ्चालक समितिको बैठकले पेट्रोलको प्रति लीटर मुल्य रु.२० तथा डिजेल र मट्टितेलको प्रति लीटर मुल्य रु.२९ कायम गर्ने निर्णय गरेको बताइएको छ । अब भरे मध्यरातीबाट पेट्रोलको प्रति लीटर मुल्य रु.१७९ तथा डिजेल र मट्टितेलको प्रति लीटर मुल्य रु.१६३ कायम हुनेछ। हवाई इन्धनको मुल्य भने घटाइएको छैन । यस अगाडि नेपाल आयल निगम लि.ले पेट्रोलमा प्रति लीटर रु.२१, डिजेल र मटृटितेलमा प्रति लीटर रु.२७ तथा हवाई इन्धन (आन्तरिक)को प्रति लीटर रु.१९ र हवाई इन्धन (बाह्य) १०० डलर मुल्य बढाएको थियो , जसका कारण सार्वजनिक यातायातका साधनको भाडा बढ्नुका साथै बजारभाउ हृवात्तै बढेको थियो । पेट्रोलियम पदार्थको भारी मुल्य बृद्धि , सार्वजनिक यातायातका साधनको भाडा बृद्धि र ह्वात्ते बढेको बजारभाउको सदन र सडकमा चर्को विरोध भएको थियो । नेपाल कम्युनिष्ट पार्टी सहितका विभिन्न कम्युनिष्ट पार्टीहरु, राप्रपा , नेपाली कांग्रेस (वी.पी), अखिल नेपाल ट्रेड युनियन सहितको संयुक्त ट्रेड युनियन संघर्ष समिति , अखिल नेपाल किसान युनियन सहितको संयुक्त किसान संघर्ष समिति , नेकपा (एमाले) निकट युवा संघ, नेपाल र अनेरास्ववियु , नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल विद्यार्थी युनियन लगायतले कडा विरोध गर्दै अबिलम्ब मुल्य बृद्धि घटाउन र जनताको जीवन सहज बनाउन माग गरेका थिए ।

यसैगरी बिहीबार बसेको संघीय संसदको उद्योग वाणिज्य उप-समितिले पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन निर्देशन दिएको थियो भने आज बसेको सत्ता गठबन्धनको बैठकले कर समायोजन गरी पेट्रोलियम पदार्थको मुल्य बृद्धि घटाउन सरकारलाई सुझाव दिएको थियो ।

यता उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडुले रुस-युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य बढेका कारण नेपाल आयल निगममा यही जेठ मसान्तसम्म रु.५० अर्व घाटा भएको र त्यही कारण नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशनलाई तिर्नु पर्ने पेट्रोलियम पदार्थको २२ करोड रुपैया बक्यौता तिर्न बाँकी रहेको सार्वजनिक अभिव्यकृति दिनुभएको छ ‌‌। अब चाडै बजार अनुगमन गरिने उहाँको भनाई छ ।

Leave a Reply