खुल्ला रक्तदान र सरसफाई कार्यक्रम गरियो जनता साकोसको १६औँ स्थापना दिवसमा

भक्तपुरको सूर्यविनायक नगरपालिका-४, चित्रपुरमा रहेक‍ जनता बचत तथा ऋण सहकारी संस्था लि.को १६औं स्थापना दिवसको अवसरमा २०८० माघ २० गते शनिबार सरसफाई र खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भय‍ो ।
सो संस्थाको आयोजनामा शनिबार विहान भक्तपुरको सूर्यविनायक नगरपालिका-४, चित्रपुरस्थित गणेश मन्दिर प्राङ्गडमा सरसफाई गरियो ।

सोही मन्दिर परिसरमा शनिबार विहान ११ बजेदेखि दिउसो १ बजेसम्म त्यसै संस्थाको आय‍ोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । नेपाल रेडक्रस सोसाईटी, जिल्ला शाखा कार्यालय, भक्तपुरको प्राविधिक सहयोगमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा ३८ जना रक्तदाताले रक्तदान गरेका थिए । सो अवसरमा रक्तदाताहरुलाई प्रमाण-पत्र प्रदान गरिएक‍ो थियो । । कार्यक्रममा सोही संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी र सदस्यहरु , कर्मचारी लगायत स्थानीयबासीहरुको सक्रिय सहभागिता रहेको थियो ।

उक्त संस्थाको १६औं स्थापना दिवसको अवसरमा त्यसै दिन साँझ चित्रपुरस्थित गणेशदमन्दिर लगायतका मठमन्दिरमा पूजा गरि दीप प्रज्वलन गरिएको थियो ।

स्थानीय समुदायमा आधारित रहेर सुशासनमा कायम गरि सञ्चालन भइरहेको यो संस्थाको १६औँ स्थापना दिवसक‍ो अवसरमा सो संस्थाका अध्यक्ष राजेशकुमार राजथलाले सम्पूर्ण शेयर सदस्य एवं शुभेच्छुक महानुभावहरुमा हार्दिक बधाई तथा उत्तरोतर समुन्नतिको शुभकामना सहित सदस्यहरुको भावना, चाहना र आवश्यकता अनुरुप गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको यस संस्थाले सदस्यको सन्तुष्टिलाई प्रमुखतामा राखी कार्य गर्दै सदस्य र समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक स्तर उन्नतिमा योगदान गर्दै आईरहेको र यस महान अभियानमा प्राप्त रचनात्मक सल्लाह र सुझावहरुलाई नीति र विधि अनुरुप लागू गर्दै आगामी दिनहरुमा पनि प्रचलित ऐन, नियम,नियमावली, बिनियम, नीति र विधि अनुसार सदस्य, संस्था र समुदायको हितमा बृहत, सर्बोकृष्ट र सफल बनाउने अभियानलाई पूर्ण जिम्मेवारीका साथ पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चित्रपुरमा यो संस्थाको आफ्नै भवन निर्माण अन्तिम चरणमा पुगेको छ भने चित्रपुरमा नै त्यसै संस्थाका ३१ जना सदस्यले मिलेर सञ्चालन गरिरहेको जनता स्टोर राम्रोसँग चलिरहेको छ ।

Leave a Reply