चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी तथा रेशमलाल चौधरी र रञ्जिता श्रेष्ठले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टी बीच आज एकता हुने भएको छ । विहान ११ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा यी दुई पार्टी वीच एकता घोषणा हुने बताइएको छ । मंगलबार जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक बसेर यी दुई पार्टी वीच आज एकता घोषणा गर्ने निर्णय भएको प्राप्त खबरमा उल्लेख छ ।
एकीकृत पार्टीको नाम नागरिक जनमत पार्टी रहने , चुनाव चिन्ह ढकिया हुने र झण्डा कलेजी रंगको पृष्ठभूमिमा सेतो पिधसहितको ढकिया हुने जनाइएको छ । एकीकृत पार्टीको अध्यक्ष चन्द्रकान्त राउत र सह-अध्यक्ष रञ्जिता श्रेष्ठ रहने छिन् भने ७ सदस्यीय केन्द्रीय कार्यकारिणी सदस्य रहने छ तर पार्टीको मर्यादाक्रममा पहिलो रेशमलाल चौधरी, दोश्रो चन्द्रकान्त राउत र तेश्रो रञ्जिता श्रेष्ठ रहने छिन् ।
यी दुई पार्टी बीच एकता भएर बन्ने नागरिक जनमत पार्टी तराई मधेशमा सबैभन्दा ठशुलो पार्टी हुने देखिएको छ । स्वतन्त्र सांसद कलबीर चौधरी सहित यो पार्टीका प्रतिनिधि सभामा सांसद संख्या ११ हुनेछ । मधेश प्रदेह सरकनरको नेतृत्व गरेको यो पार्टी मधेश प्रदेशसँगै सुदूरपश्तिम प्रदेश र लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व रहनुकासाथै सुदूरपश्चिम प्रदेश सरकारमा सहभागितन छ ।
एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त सामुदायिक समाजवाद रहने, राज्यका संघ तथा प्रदेशका कार्यकारी पदमा प्रत्यक्ष निर्वाचन हुनुपर्ने, जनताबाट निर्वाचित न्यायधीश र गैर-सांसदलाई संघ र प्रदेश सरकारमा मन्त्री बनाउनु पर्ने लगायतका विषय रहेको जनाइएको छ ।





