जसपाद्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, स्वास्थ्य मन्त्री लिम्वूद्वारा राजीनामा

जनता समाजवादी पार्टी , नेपालले नेकपा (एमाले)का नेता हिक्मत काार्की नेतृत्वको कोशी प्रदेेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्री रहेकी निर्मला लिम्वूलाई सो सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको जानकारी प्राप्त भएको छ । सोही अनुरुप कोशी प्रदेश सरकारकी स्वास्थ्य मन्त्री निर्मला लिम्वूले आज पत्रकार समक्ष कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभयो । उहाँले पार्टीले आफूलाई सरकारबाट फिर्ता बोलाउन गरेको निर्णयक‍ो आफूले सम्मान गर्ने बताउनुभयो ।

मन्त्री लिम्वूले गत फाल्गुण १७ गते १ नं. प्रदेश सभाले गरेक‍ो १ नं. प्रदेशको नाम कोशी प्रदेश राख्ने निर्णयको विपक्षमा उभिनुभएको थियो । १ नं. प्रदेश सभा सदस्य समेत रहेकी मन्त्री लिम्वूसँगै नेकपा (एस)का उक्त प्रदेश सभा सदस्यहरु पनि त्यसबेला कोशी प्रदेश नामाकरणको विपक्षमा उभिएका थिए ।

स‍ोही समयदेखि पहिचान पक्षधरहरुले १ नं. प्रदेशको नाम कोशी प्रदेश राख्ने १ नं. प्रदेश सभाको निर्णय खारेजीको माग गरि आन्दोलन गरिरहेका छन् । मन्त्री लिम्बू सम्बद्ध जनता समाजवादी पार्टी ,नेपाल १ नं. प्रदेशको नाम कोशी प्रदेश राख्ने १ नं. प्रदेश सभाको निर्णय खारेजीको पक्षमा उभिएको छ ।

Leave a Reply