जसपाबाट विद्रोह गरेका ६ नेता नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने

आईतबार अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट विद्रोह गरेका ६ नेता नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् । आउने बिहीबार काठमाडौमा नेपाली कम्युनिष्ट पार्टी र जसपाबाट विद्रोह गरेको सो समूह बीच एकता हुने बताइएको छ ।

२०६९ सालमा संघीय समाजवादी पार्टी निर्माण हुँदादेखि देखि हालको जसपा निर्माण हुदासम्म अशोक राईले नेतृत्व गरेको राजनीतिक अभियानमा साथ दिदै आएका नेताहरु राजेन्द्र श्रेष्ठ, रणध्वज लिम्बू(कन्दङ्वा), परशुराम बस्नेत, दुर्गामणि देवान, डा.पुष्पराज राजकर्णिकार र कृष्णबहादुर घजुले स‍‍ो पार्टीबाट विद्रोह गरेका जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *