जिल्ला सहकारी संघ लि.,भक्तपुरको २५औँ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा रायमाझी निर्वाचित

जिल्ला सहकारी संघ लि.,भक्तपुरको २५औँ वार्षिक साधारण सभा सोही संघका अध्यक्ष केदार खड्काको अध्यक्षतामा २०८० चैत्र २ गते शुक्रबार सम्पन्न भय‍ो । सो साधारण सभाबाट ध्रुबबहादुर रायमाझीको अध्यक्षतामा सञ्चालक समिति र पुष्कर देउजाको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्वाचित भएको छ । ४ वर्षे कार्यकाल रहने उक्त सञ्चालक समितिको महिला उपाध्यक्षमा साहना पसखल , उपाध्यक्षमा वीरेन्द्रभक्त प्रधानााङ्ग , सचिवमा रामप्रसाद कासुला , कोषाध्यक्षमा राजकुमार सिलवाल र सदस्यमा विकास खड्का , रामचन्द्र गोसाई, मनोज गिरी , सुलोचना दुुवाल, सरिता थापा र नारायणप्रसाद स्वंगमिखा विजयी हुनुभएको छ । यसैगरी लेेखा सुपरीवेक्षण समिति सदस्यमा सावित्री थापा र कृष्णमान प्रजापती निर्वाचित हुनुभयो ।

यो साधारण सभामा ध्रुवबहादुर रायमाझौ र गणेशमान चक्रधरको नेतृत्वमा सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको पदाधिकारी र सदस्य पदमा अलग अलग प्यानल चुनावी मैैदानमा खडा भएका थिए

भने सहकारी अभियन्ता कृष्णहरि सैंजुले लेेखा सुपरीवेक्षण समिति संंयोजकमा उम्मेद्वारी दिनुभएको थियो ।

उक्त संंघको अध्यक्ष पदमा निर्वाचित रायामाझी सोही संंघको लेेखा सुपरीवेक्षण समितिको निबर्तमान संंयोजक तथा पारिजात बचत तथा ऋण सहकनरी संस्था लि. ,कटुञ्जेको निबर्तमान अध्यक्ष अध्यक्ष हुनुहुन्छ । त्यस संंघको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको पदाधिकारी र सदस्यहरुलाई त्यसै संघका निबर्तमान अध्यक्ष केदार खड्का लगायतले कार्यकनल सफलताको कामना सहित बधाइ ज्ञापन गरेका थिए ।

यता त्यसै संघका निबर्तमान अध्यक्ष केदार खड्का नेेतृत्वको सञ्चालक समिति र ध्रुबबहादुर रायमाझी नेतृत्वको लेखा सुपरीवेक्षण समितिको आफनो कार्यकालमा यो संघलाई आर्थिक रुपमा सबल बनाई आफ्ना सदस्यहरुलाई सो संघको विनियम अनुसार लाभांश वितरण गर्दै आएको थियो तर त्यस अघि भने अचल सम्पति रहेपनि यो संघको आर्थिक अवस्था कमजोर थियो ।

Leave a Reply