डडेलधुराबाट प्रधानमन्त्री देउवाको लगातार ७औं जीत

भारी मतान्तरमा डडेलधुराबाट प्रधानमन्त्री तथा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधि सभा सदस्यमा पुन: विजयी हुनुभयो । २०४६ सालको राजनीतिक परिवर्तन पछिका दुई पटकको संविधान सभाको चुनाव सहित प्रतिनिधि सभाको सबै चुनावमा देउवा विजयी हुनुभएको छ । उहाँले २५,५३४ मत प्राप्त गर्नुभयो भने उहाँलाई पच्छ्याएका इञ्जिनियरिङ पृष्ठभूमिका स्वतन्त्र उम्मेद्वार सागर ढकालले १३,०४२ र नेपाली कांग्रेस (वी.पी.)का कर्णबहादुर मल्ले ७,५३४ मत प्राप्त गर्नुभयो ।

यसबेलासम्म प्रतिनिधि सभामा नेपाली कांग्रेसका १३ जना उम्मेद्वार विजयी हुनुभएको छ भने ४० स्थानमा अग्रता लिएको छ । यसबेलासम्म सो पार्टीका काठमाडौंको क्षेत्र नं.१ बाट प्रकाशमान सिंह निकटतम प्रतिद्वन्दी राप्रपाका रविन्द्र मिश्रलाई १३५ मतले पछि पारी विजयी हुनुभयो । त्यसैगरी काठमाडौं क्षेत्र नं.३ बाट सोही पार्टीका सन्तोष चालिसे , क्षेत्र नं.४ बाट गगन थापा , क्षेत्र शं.५ बाट प्रदीप पौडेल र क्षेत्र नं.१० बाट राजेन्द्र के.सी., ललितपुर क्षेत्र नं.१ बाट उदय शमशेर , तनहुँ क्षेत्र नं.२ बाट शंकर भण्डारी , सुर्खेत क्षेत्र धं.२ बाट हृदयराम थानी , रसुवाबाट मोहन आचार्य , पर्सा क्षेत्र नं.४ बाट रमेश मनाङबाट टेकबहादुर गुरुङ र मुस्ताङबाट योगेश गौचन विजयी हुनुभएको छ ।

Leave a Reply