दानबहादुर कार्की नेपाल प्रहरीको ३३औं आईजीपी

सोमबार बसेको नेपाल सरकार, मन्त्रीपरिषदो बैठकले आउदो बिहीबारबाट पदभार सम्हाल्ने गरी नेपाल प्रहरीको महानिरीक्षक पदमा बरियतामा पहिलो नं.मा रहेका अतिरिक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले सञ्चारकर्मीहरुलाई बताए । बर्तमान प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ नेपाल प्रहरीक ो३० वर्षे सेवा अवधि पूरा भएपछि अनिवार्य अवकासमा जानू पर्ने प्रावधानका कारण आउदो बुधबार मध्यरातबाट अनिवार्य अवकासमा जाने भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड सम्हालिरहेका कार्की नेपाल प्रहरीको ३३औं महानिरीक्षकमा नियुक्त हुनुभएको छ । वि.सं.२०२९ साल श्रावण १५ गते गुल्मी जिल्लाको मालिका गाउँपालिका-७, घमिरमा जन्मििनुभएका कार्की वि.सं.२०५४ साल श्रावण १८ गते मा प्रहरी निरीक्षकमा भर्ना भई प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । वीचमा कुनै विशेष परिस्थिति निर्माण भएन या कुनै अप्रिय घटना घटेन भने कार्कीको ३० वर्षे सेवा अवधि पूरा भई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट वि.सं.२०८४ चैत्र १८ गते अनिवार्य अवकास हुने बताइएको छ ।

राजनीति शास्त्रमा स्नातकोत्तर तह अध्ययन पूरा गर्नुभएका कार्कीको छवि स्वचछ रहेको कतिपय जानकार बताउछन् । उहाँमा प्रहरी महानिरीक्षकको सचिवालयदेखि प्रहरी अधिकृतको रुपमा उउउुुविदेशी र स्वदेशी भूमिमन रहेर पूरा गरेको जिम्मेवारीको अनुभव रहेको छ ।

कार्की प्रहरी महानिरीक्षकमा नियुक्त भएसँगै प्रहरी महानिरीक्षकक‍ आकाङ्क्षी रहेका डा.मनोज के.सी., राजन अधिकारी र सिद्धिविक्रम शाह नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षकबाटै अवकासमा जानू पर्ने अवस्था बनेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *