दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न, गायक शिव परियार लगायत सम्मानित


ओप्सना फिल्म प्रा.लि.को आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड काठमाडौंको सरस्वतीनगरस्थित नेपाल चलचित्र विकास बोर्डको सभाहलमा २०८२ मंसिर ६ गते शनिबार सम्पन्न भयो । नेपाली चलचित्र क्षेत्रका दिग्गज अभिनेता हरिहर शर्माको प्रमुख आतिथ्यता र आयोजक संस्थाका प्रबन्ध निर्देशक ओम प्रकाश राईको अध्यक्षतामा सम्पन्न सो अवार्ड कार्यक्रममा गायक शिव परियारलाई राष्ट्रिय संगीत रत्न सम्मानबाट सम्मानित गरियो । त्यसैगरी राष्ट्रिय संगीत व्यवसायी सम्मानबाट डा.सूर्यबहादुर मगर ,राष्ट्रिय साहित्य रत्न सम्मानबाट भीष्मराज फुलारा ,राष्ट्रिय संगीत एंव कला रत्न सम्मानबाट राजेन्द्र बजगाईँ, राष्ट्रिय सृर्जनशील सञ्चारकर्मी सम्मानबाट शिरोमणि दवाडी र राष्ट्रिय संगीत तथा कला सम्मानबाट देवेन्द्र पाण्डेलाई सम्मानित गरियो ।
त्यस्तै लेखक तथा साहित्यकार पुण्यप्रसाद भट्टराई, राष्ट्र भूषण चौलागाई, लेखक तथा निर्देशक नवीन पन्त, जानकी मगर, दिलीपकुमार आङ्बो, सुविना श्रेष्ठ, मोहन प्रधान, जनक खकुरेल, संगम लामिछाने, हेमन्त थापा मगर, सञ्जु मोक्तान, सुधन थापा, गायक नवराज पराजुली, विनोद किराती, राज रुम्बा, अनु राई, संगीतहारी, राजेन्द्र बस्नेत, अर्जुन घिमिरे, प्रदीप सापकोटा र नवराज श्रेष्ठ, युवा समाजसेवी सुदन थापा, गायिका फुटी शेर्पा तथा होमप्रसाद शेरचनलाई सम्मन गरिएको थियो ।
बरिष्ठ संगीतकार राजु सिंह र अशोककुमार राई, बरिष्ठ साउण्ड इञ्जिनियर गोबिन्द सोनी, गायक सुरज पौडेल, संगीतकार मदन सुफिक्स, गीतकार गोविन्द भट्ट लगायतका विशिष्ट व्यक्तिहरु जुरी रहेका थिए भने लाइभ क्यामरामा ओम प्रसाई, फोटोग्राफर अभिनाश श्रेष्ठ, स्वयंसेविकामा रेणु राई र कविता राई रहेका थिए ।
त्यस अवसरमा कार्यक्रम संयोजक पेमा शेर्पा राईले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको बारेमा जानकारी गराएकी थिइन् भने त्रिशक्ति डान्स सेण्टरका दीपेश एसकेको ग्रुपले स्वागत नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा बाल कलाकार निमडिक्की शेर्पाले एकल नृत्य प्रस्तुत गरेकी थिइन् ।
त्यसैगरी उत्कृष्ट अवार्ड पाउने श्रष्टा तथा सर्जकहरुमाः लोक आधुनिक गीत – अम्बिका गुरुङ, प्रतिमा शिवाकोटी- पब्लिक च्वाइस, मञ्जु कँडेल – निर्णायक, लोक आधुनिक गायक शम्भु फोम्बो लिम्बू, आधुनिक गायक हरिदत्त फुलारा, नीमा शेर्पा – पब्लिक च्वाइस, प्रशान्त पराङदेन लिम्बू- जुरी, मोडल पूर्वेली र लोक – विजेन्द्र नौबागे, लिम्बू पालम गायनमा गोमा लिम्बू ‘योङहाङ’, चलचित्रमा देवेन्द्र बराल, चलचित्र सामाजिक सचेतना – विजय संयोग सुब्बा- सिटि अफ वार, आधुनिक गजल संगीत पुस्कर सुनुवार, सनम राई – पब्लिक च्वाइस, चलचित्र निर्मात्री शर्मिला पाण्डे – जुरी सम्मान, आधुनिक गायिका ‘महिला’ निशा राई रहेका छन् ।
त्यसै गरी उत्कृष्ट अवार्ड पाउनु हुनेहरुमाः आधुनिक गजल र गीतमा श्यामकुमार बानियाँ, निर्देशक लिम्बू भाषा गीत भिडियोमा किशोर सुब्बा, पूर्वेली तथा लोक युगल गायकमा मैकश राई, आधुनिक लोक गायक भीमकुमार राई ‘अनन्त’, आधुनिक संगीतकार चन्द्रहाङ राई, राष्ट्रिय गीत गायक रोज सुनामी राई, थारु गीतमा गायक रत्नदीप चौधरी, मैथिली गीतमा गायिक बन्दना मैनाली र चलचित्र निर्देशकमा नवीन सुब्बा म्यानयाङ्बो रहेका छन् ।
उत्कृष्ट सम्मान पाउनु हुने कलाकारहरुमाः भुवन के पोखरेल, आधुनिक गायिका महिला ‘डेब्यु’ कुसु गुरुङ, मोडल लोक आधुनिक ‘महिला’ निशा थापा मगर, अभिनेता लिम्बू भाषाको चलचित्रमा राजकुमार राई, म्युजिक एरेञ्जर रिदम कँडेल, सरिष्मा मगर- पब्लिक च्वाइस, चलचित्र संगीतकार शंकर थापा स्माईल, टिभी प्रस्तुतकर्ता सागरिका श्रेष्ठ- वर्षको शर्वश्रेष्ठ मोडेल, सार्वजनिक छनोट – ईश्वरकुमार श्रेष्ठ संस्कृतिमा शर्वश्रेष्ठ चलचित्र – ह्याङ नाण्ड, टेलिफिल्म निर्देशक दिवाकर भण्डारी ‘सापटी काका’, चलचित्र गायिक ‘जुरी’ नित्या शिवा रहेका थिए । सेसेमी लिम्बुले सञ्चालन गरेको कार्यक्रममा गीत संगीत र कला क्षेत्रमा विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि शर्माले कोभिडपछि यस खाले कार्यक्रम हुन छाडेको भन्दै यो कार्यक्रम आय‍जना गरेर राम्रो काम गरेकोमा आयोजकलाई धन्यवाद दिए । प्रमुख अतिथि शर्माले कला संगीतको प्रवर्द्धनमा टेवा पुग्ने विचार व्यक्त गरेका थिए । उनले चलचित्रकर्मीहरु आपसमा लडेर नभई मिलेमा मात्र नेपाली चलचित्र क्षेत्रको प्रवर्दधन हुने गरी चलचित्र विधेयक आउन सक्छ र त्यसका लागि सबैले सुझाव दिनु पर्ने खाँचो औंलाए । चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, गायक लाक्पा शेर्पा लगायतको विशेष आतिथ्यता रहेको कार्यक्रममा सभाध्यक्ष ओमप्रकाश राईले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *